arrow

मुस्लिम भएर पनि सलमान खानले गणेश चतुर्थीमा देखाए यस्तो श्रद्धा

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
salman-ganesh.jpg

काठमाडौं। भारतको महाराष्ट्र राज्यमा गणेश चतुर्थीको दिन गणेश विशेष महत्वको हुने गर्दछ। सरकारले पनि यस दिनलाई विशेष मनाउने गर्दछ। 

महाराष्ट्रको मुम्वईमा त गणेश चतुर्थीको विशेष रौनक देख्न पाइन्छ। गणेश पुजनमा राजनीतिक नेतृत्व, ठूला उद्योगपतीदेखि बलीउडका हस्तीहरु रमाइरहेको देखिएको छ।

यस बर्षको गणश विसर्जनमा पनि भारतकै धनी मुकेश अम्वानीदेखि बलीउडका कलाकारहरु रमाइरहेको देखिएको छ। बलिउडका कलाकारहरु अमिताभ बच्चनदेखि अन्य नाम चलेका सबै कलाकारहरु गणेश पूजनमा भक्तिभावका साथ लागिपरेका देखिए।

हिन्दु नेता तथा कलाकारहरु गणेश पूजनमा रमाइरहँदा मुस्लिम समुदायका कलाकार सलमान खानले गणेश विसर्जनको भव्य कार्यक्रम गरेका छन्।

सलमान खानकी बहिनी अर्पिताको घरमा सलमान सहित खान परिवारको उमंग देखियो। सलमानले गणपति विर्सजनमा नाचेका समेत थिए। सलमान खान गणपति विसर्जनमा नाचेको तस्विर र भिडीयो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ। 

धार्मिक रुपमा कट्टरता फैलिइरहेको बेला सलमान खानले देखाएको धार्मिक सद्भावलाई भारतभर प्रशंसा गरिएको छ। 

गणपति विसर्जनमा विवेक ओबेरॉय, शिल्पा शेट्टी, श्रद्धा कपूर सहित अन्य बलीउडका कलाकारहरु पनि गणपतिको जयजयकारमा लागेको देखिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ