arrow

मानिसले वर्षमा प्लाष्टिकका ७३ हजार कण खान्छ, यसो भन्छ अनुसन्धान  

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
plastic-lunch.jpeg

काठमाडौं । एक मानिसले एक वर्षमा प्लाष्टिकका ७३ हजार कण खाने गरेको खुलेको छ । अष्ट्रियाको भियनामा रहेको चिकित्सा विश्वविद्यालय मेडिकल युनिभर्सिटी अफ भियनाले गरेको एक अनुसन्धानमा उक्त कुराको खुलासा भएको हो । 

शोधकर्ताका अनुसार मानिसको शरीरमा माइक्रोप्लास्टिक पुर्याउन सबैभन्दा बढी भूमिका सामुद्रिक जीवजन्तुले खेलेको पाइएको छ । 

सि फुडका रुपमा लिइने भोजन नै सबैभन्दा बढी हानिकारक भएको बताइएको छ । 

प्रमुख शोधकर्ता डा फिलिप श्राम्बलका अनुसार एक दिनमा एक मानिसले माइक्रोप्लास्टिकका दुई सय टुक्रा खाने गर्दछ । एक वर्षमा यो आँकडा ७३ हजार बराबर हुने गर्छ । 

प्लाष्टिकमा राखिएको पानी पनि त्यत्ति नै हानिकारक हुने गर्दछ । सामुद्रिक जीवजन्तुले फ्याँकिएको प्लाष्टिक खाने भएकाले त्यो पछि मानिसको खाने थालमा पुग्ने गर्दछ । 

प्रति दश ग्राम मानव मल (दिसा) मा २० माइक्रोप्लाष्टिकका टुक्रा भेटिएका छन् । प्लाष्टिकका टुक्रा मानवशरीरभित्र पुगेर विषालु रसायनमा बदलिने गर्दछ । 

प्लाष्टिकको बोतल नै यो दुर्दिन निम्त्याउन महत्वपूर्ण भूमिका खेल्ने वस्तु बनेको छ । स्वास लिँदासमेत पनि प्लाष्टिकका कण शरीरभित्र पुग्ने गरेको रिसर्चले बताएको छ । 

गत महिना विश्व स्वास्थ्य संगठन डब्लु एच ओले प्लाष्टिकका बोतल रोक्नका लागि पहल गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ