arrow

प्रधानमन्त्रीको स्वास्थ्य र जानकारीमा यस्तो खेलवाड किन ?

logo
केदार सुवेदी,
प्रकाशित २०७६ भदौ १८ बुधबार
pm-health.jpg

भदौं १८ प्रधानमन्त्रीको पछिल्लो चरणको स्वास्थ्य उपचार सुरुभएकै चौधौं दिन हो । यसको अघिल्लो दिन १७ गते एउटा अफवाह फैलियो ।

प्रधानमन्त्री शुक्रवार फर्कने भन्ने जानकारी आइरहेको बेला  त्यसको तीन दिन अघि मात्रै दलका उच्च र अध्यक्ष ओली निकट दुइ पदाधिकारी, ओली आफैबाट उपाध्यक्षमा प्रस्तावित तथा संगठन विभागका नवनियुक्त प्रमुख बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर बोलाइएको भन्ने जानकारी आम तहमा नै फैलियो । शहर देखि गाउँसम्मका प्रधानमन्त्रीको स्वास्थ्य प्रति चासो राखिरहेकाहरुले यसलाई  आआफनै प्रकारले लख काटे । विरामी भेटन भनिएपनि यी पदाधिकारीको यो सिंगापुर भ्रमणलाई स्वाभाविक मानिएन ।

त्यसो त प्रधानमन्त्रीको यो पछिल्लो उपचारका यी दिनमा उनलाई अस्पतालमै पुगेर स्वास्थ्यलाभको कामना गर्दै त्यतै गएर भेटनेहरुको लर्को नलागेको होइन ।  कतिपय अवस्थामा त यस्तो भेटघाट पनि अस्वाभाविक नै लाग्न थालेको थियो । त्यस्तै शुभकामना दिन जान लागेको एउटा समूहलाई त अलकोहल सेवन गरेर उत्पात मच्चाएको भन्दै पाइलटले नै उडाउन नसक्ने भन्दै विमानबाट झारिएका घटना पनि प्रकट  भएका थिए । यही क्रममा कतिपय कर छली लगायतका आरोप लागेकाहरुले प्रधानमन्त्रको उपचार भैरहेको अस्पताल छेउछाउमा डेरा जमाएका समेत समाचार नआएका होइनन् । यस्ता समाचारलाई प्रधानमन्त्रीको यो टोलीले अस्वीकार गरेको भन्ने पनि कतै देखिएन ।

प्रधानमन्त्रीको उक्त अस्पतालको दुइचरणको उपचारको खर्च  सरकरी थिएन भन्ने त प्रष्टनै थियो । पहिले चरणको १० दिने उपचारमा जाँदा हवाइभाडामात्र सरकारले व्यहोरेको भनी सरकारका प्रवक्ताले नै जानकारी गराएका थिए । दोस्रो चरणमा त  त्यतिसम्म पनि जानकारी दिइएन । सिंगापुर उड्नु अघि मन्त्रिपरिषदको बैठक बसेको भन्ने समाचार आयो । यो बैठकको विषयमा एउटा मात्रै निर्णय भएको भनी अनौपचारिक एउटा मात्रै जानकरी आएको थियो भिडियो कफ्रेन्सबाट मपको बैठक बस्ने व्यवस्था गरियो भन्ने । यो बैठकमा यो उपचारको खर्चका बारे निर्णय भएको कतै जानकारी आएन । त्यसैकारण होला अखवाहरुले प्रधानमन्त्रीको यो उपचार खर्च सरकारले व्यहोर्न माँग गरिरहे र अरु कसैबाट गरिएको भए त्यसको स्रोत खुलाउन पनि भनियो । कारण आफे प्रष्ट हुन्छ खर्चका नाममा प्रधानमन्त्रीकतै नाजायज स्वार्थसमूहको घेरामा नपरुन । अखवाहरुका यस्ता कामना स्वाभाविक थिए तर पालना भयो भएन भन्ने चाहिँ यो बेलासम्म खुलाइएको छैन । 

यी कुनै न कुनै रुपले  प्रधानमन्त्रीकै स्वस्थ्यसंग जोडिएका विषय हुन् । आम नागरिकमा प्रधानामन्त्रीको यो अस्वस्थ्यता कतै खेलवाडको विषय त बनिरहेको छैन भन्ने यस्तै यस्तै कुराले पनि प्रश्न जन्माएको हुनुपर्छ ।

तर पौडेल र गौतमलाई सिंगापुर वोलाइएको घटनाले  भने सर्वसाधारणलाई एक प्रकारले केहो केहो भन्ने कौतुहलयुक्त बनायो ।

पछिल्लो चरणको यो उपचारमा जाने क्रममा पार्टीका वरिष्ठ नेता र प्रधानमन्त्रीबीच जस्तो भनाभन भएका कुरा सार्वजनिक भएका थिए त्यसले पनि स्वास्थ्य उपचारपछि सिंगापुरबाट स्वदेश फर्कनुअघि उनलाई भेट्न सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी संगठन विभागका प्रमुख र महासचिवका यात्रा कति राजनीतिक र कति सामाजिक शिष्टाचारयुक्त होला भनी धेरैमा त्यसदिन भरी प्रश्न उठायो । प्रधानमन्त्री ओलीलाई भेट्न पार्टी संगठन विभागका प्रमुख बामदेव गौतम र महासचिव विष्णु पौडेल त्यसतर्फ जान लागेको यसको अघिल्लो दिन नै  सूचना बाहिरिएपछि त्यसको अनौपचारिक टिप्पणी सामाजिक सञ्जालमा फैलिएर व्यापक भए । यसमा कतै न कतै  प्रधानमन्त्रीको स्वास्थ्यको अवस्थाका बारेमा पनि कुरा जोडिए । यी दुइ पदाधिकारी प्रधानमन्त्रीका खास पात्रका रुपमा चिनिन्छन यो बेला । तर अन्तिम समयमा भने महासचिव पौडेल मात्रै गए । त्यसको भोलीपल्ट गौतम त्यसतर्फ लागे ।

पहिले भनिएको थियो यी दुवै नेताहरुलाई प्रधानमन्त्री ओलीले नै सिंगापुर बोलाएका थिए र अन्त्यमा पौडेललाई एक्लै आउनू भन्ने सन्देश पनि प्रधानमन्त्री ओलीकै थियो । त्यसपछि गौतमलाइ पनि त्यसरी नै एक्लै बोलाइयो । यो घटनाको रिपोर्ट यसरी भयो –‘ओलीको स्वास्थ्यबारे यो घटनाले केही आंकलन गर्न कठिन भएता पनि दुई साता अघि त्यसतर्फ प्रस्थान गर्नुअघि माधव कुमार नेपाललाई तह लगाउन उनले गरेको नयाँ समिकरणको प्रभावकारीता र स्वदेश फर्के लगत्तै चाल्नुपर्ने कदमबारे विश्वास पात्र पौडल र गौतमबाट ब्रिफिङ चाहेका कारण बोलाएइको हुनु पर्छ । गौतम अन्तिममा आएर किन रिजेक्ट भए भन्ने र फेरी किन तुरुन्तै बोलाइए भन्ने चाहिँ कतै खुलाइएको पाइएन यो बेलासम्म ।

ध्यान रहोस् यो दिनसम्म प्रधानमन्त्रीको स्वास्थ्यको अवस्थामा कुनै यकिन भैसकेको थिएन । १८ गते बुधवार दिइने अन्तिम प्लाज्मा फेरेन्सिस पछिमात्र भन्न सकिने भनी नेपालका विज्ञहरुले वताइरहेका थिए । उपचार भैरहेको  अस्पतालले त यो चौधौं दिनसम्म एकशव्दको पनि जानकारी गराएको थिएन । पहिलो चरणको उपचारको अवस्था जसरी गोप्य राखिएको थियो र पछि यति छिटै जसरी बल्झियो, अहिले पनि यसबारे खुल्न सकिएको पाइएन जसले यो दिनसम्म चिन्तानै उत्पन्न गरिहेको अवस्था छ । 

मध्य साउन (१८–२७) र प्रारम्भिक भदौ (५ –१८) का यी २४ दिन बीचमा देशभरी नै सबै भन्दाबढी र एक प्रकारले भन्नु पर्दा एउटै मात्र विषय चर्चामा रह्यो । त्यो थियो प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था । यो जतिचर्चामा रह्यो त्यतिनै अन्योल ग्रस्त पनि रह्यो । प्रधानमन्त्री ओली पछिल्लो समय भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् यी पंक्ति लेखिएको दिन भदौ १८ सम्म ।  अघिल्लो महिना साउनको १८–२७ का १० दिन पनि त्यही अस्पतालमा उपचार भएको थियो ।

त्यो र यो महिनाको गरी देशको कार्यकारी प्रमुख प्रधानमन्त्री एउटै अस्पतालमा निरन्तर उपचार गरिएको  यी पंक्ति लेखिएको मितिसम्मका २४ दिनमा उनको शरिरमा  के रोग लागेको हो र कस्तो उपचार गरिँदैछ भन्ने एउटा पनि औपचारिक जानकारी  आएको छैन कम्तीमा यो बेलासम्म । कुनै व्यक्तिले यस्तो छ र उस्तो छ भनी जानकारी दिएको कुरा अलग हो ।  कुनै व्यक्ति विशेषले फाटफुट जानकारी दिए बाहेक न सरकार न प्रधानमन्त्रीको उपचार गरिरहेको त्यो अस्पताल कसैले औपचारिक जानकारी दिएको पाइएन । सरकरी प्रवक्ताले यो १४ दिनको समयमा दुइपटक ‘हाइहलो’ भएको भन्ने वताए । तर त्यो उपचार पद्धति र स्वास्थ्यको अवस्थाभन्दा पनि प्रविधिको प्रयोगबाट प्रत्यक्ष वार्ता भएको भन्ने विषयमा उपलव्धीको वखान गर्ने सन्दर्भको थियो ।

केही नेताले त टेलीफोनमा वार्ता भएको र उहाँको बोली तगडा रहेकोले उहाँ स्वस्थ्य हुँदै गएको भन्ने सम्मको जानकारी गराए अर्थात बोली स्वास्थ्य अवस्थाको मापन भएको मानियो । कुनैपनि एउटा देशको कार्यकारी प्रमुख यति लामो समयसम्मको निरन्तर उपचरमा रहँदाको क्षणमा आम नागरिक यस्तो अन्यौमा रहनु पर्ने अवस्था सामान्य असामान्य केहो भन्ने देशवासीलाई भेउ पाउननै मुस्किल भयो ।

यस बीचमा यता शंकास्पद धेरै कुराहरु भए । पहिलो पटकको उपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्न निवास पुगेको नागरिकहरुलाई प्रधानामन्त्री आफैले झस्काइदिएका थिए – ‘म सिकिस्त भए भनेर हेर्न आएका ? म केही हुन्न अझै २० –२५ वर्षसम्म, चिकित्सकले त्यसैभनेका छन ।’ (साउन २० प्रम निवास वालुवाटार)

तर त्यो २० – २५ वर्ष त परै जाओस प्रधानमन्त्री कै आफुलाइ उपचार गर्ने चिकित्सकहरुको हवाला दिएर गराइएको जानकारी त्यसको १० दिनपनि टिकेन । साउन २७ गते फर्किएका उनी भदौ ५ गते नै फेरी उतै जानु पर्‍यो । प्रधानमन्त्री आफैले पनि आफनो स्वास्थ्यका बारेमा दिएका जनकारी कस्तो हुँदो रहेछ वा भयो भन्ने यो एउटा उदाहरण हुनुपर्छ ।

यो उपचारको दोस्रो चरणमा त सर्वसाधारणले त्यस्तो स्वास्थ्य लाभको कामना गर्न पनि सर्वसाधारणले हिचकिचाउँनु पर्ने भयो । मनमनमा मरोस् भन्नेले दिएको शुभकामना लिन्नं भनी आफना बरिष्ठ नेतालाई नै भनिन्छ भने कुनै एउटा मन नपरेको सर्वसधारण पनि त त्यसको शिकार होला । यद्यपि यस्तो नहोस् भनी कामना गरौं । तर यस्तो कुरापनि त एकप्रकारले खेलवाड नै होइन र ?

यो दोस्रो चरण अर्थात पछिल्लो समयको उपचार क्रममा  प्रधानमन्त्री ओलीलाई जसरी प्रस्तुत गरियो वा गरिँदैछ यसमा पनि प्रश्न खडा हुन सक्दछन् । यो बीचमा दोस्रो चरणको उपचारको पाँचौँ र तेह्रो दिन प्रधानमन्त्रीलाई प्रत्यक्ष देखाइयो एउटा ठूलो  सेलिवे्रटी जस्तो बनाएर । यता वताइरहियो यो उपचार पद्धति सामान्य होइन । उता प्रधानमन्त्री चाहिँ कतै विमारीनै नभए  जस्तो  गरी एउटा ठूलो सम्मेलनको उद्घाटन गर्दाको जस्तो भेषभुषा र मुद्रामा देखाइयो । यसले प्रधानमन्त्रीको स्वास्थ्य कस्तो छ भन्नेमा सर्वसाधारणमा अर्को अन्योल खडा गर्‍यो ।

विज्ञहरुले यता निरन्तर जानकारी दिइरहेका छन सातौँ पटकको प्लाज्मा फेरेसिस पछिमात्र त्यसपछिको अवस्थाको जानकारी हुन्छ । सर्वसाधारण नागरिक त्यसदिनको तिव्र प्रतिक्षामा थिए तर यता सरकार छेउछाउ रहेकाहरुलाई चाहिँ प्रधानमन्त्रीको उपचारको यो क्रममा एउटा नयाँ प्रयोग फुर्‍यो ।

यो विषय हो भिडियो कन्फे्रन्स अन्तर्गतको बैठकको । खास गरी प्रधामनमन्त्रीको दोस्रो चरणको उपचार गम्भीर प्रकृतिको थियो । उपचारमा लागेका लामो समयले पनि यही बुझाउँछ । तर जव उता प्रधानमन्त्रीको यस्तो उपचार सुरु भयो र यता चाहिँ राष्ट्रिय चर्चाको विषयमा आयो भिडियो कन्फे्रन्स । प्रधानमन्त्री र मन्त्री र आफै  विवादमै उत्रिए यो प्रविधिमा –‘मन्त्रिपरिषदको बैठक बसेको हो, मन्त्रिपरिषदको बैठक बसेको होइन’ भन्दै । प्रधानमन्त्रीको दावी रह्यो –‘मन्त्रिपरिषदको बैठक बसेकै हो । यता संसदमा सरकारका प्रवक्ता मन्त्रीको भनाइ आयो – ‘मन्त्रिपरिषदको बैठक बसेकै होइन ।’

भदौ ९ मा यस्तो प्रविधि प्रयोग भएर यस्तो बैठक बसेपछि संसद सडक, बुद्धिजविी र विभिन्न माध्यमका महत्वपूर्ण ठाउँ यसले नै लियो र ओझेलमा पर्‍यो प्रधानमन्त्रीको उपचार र स्वास्थ्य अवस्था  । कसैकसैले प्रधानमन्त्रीलाई  उपचारक्रमको उनको स्वाभाविक अवस्थाको ढाकछोप गर्न यसो गरिएको हो कि भन्ने आरोप पनि लगाए । प्रधानमन्त्री र उनका प्रवक्ता सञ्चारमन्त्रीका भनाइ एक ठाउँमा राखिँदा विपरीत प्रकारका कुरा प्रकट हुन्छन ।

प्रधानमन्त्री: ‘प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहान्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्यवाद ।’

सञ्चारमान्त्री: ‘हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौं, त्यसमा कुनै एजेन्डा पनि थिएन र पास पनि गरिएन अरु कुराहरुमा पनि हामीले पहिलो प्रयास हो टेक्नोलोजीमा गर्न सक्छौ भन्ने कुरा प्रमाणित भयो भनेर भन्ने गरेका छौं । यति कुरालाई लिएर सार्वभौम सत्तामाथि संकट पर्दैन ।’

प्रधानमन्त्रीको स्वास्थ्य वास्तवमानै यो देशका लागि अमूल्य नै हो । यो सम्वेदनशीलतालाइ ध्यानमा राखेर उपचारका यी केही दिनसम्म उहाँको त्यो गलित र थकित शरिरलाइ आराम गर्न दिइएको भएपनि हुन्थ्यो भन्ने कामना सर्वसाधारणले देशभित्र नगरिएका चाहिँ होइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ