arrow

नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष बिरुद्द पक्राउ पुर्जी जारी, दुबै फरार

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
nepaljung-ward-president.jpg

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाका दुई जना वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपालगन्जस्थित सबैभन्दा पुरानो सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै उनिहरु लगायत अन्य संचालकलाई समेत पक्राउ पुर्जी जारी भएको हो।

पुर्जी जारी हुने अध्यक्षहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष अजयकुमार पाठक र वडा नम्बर १८ का वडाध्यक्ष दीपकुमार बर्मा रहेका छन्।

सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४५ करोड बराबरको रकम अपचलन भएको मुद्दामा बाँके प्रहरीले अनुसन्धान गर्दै आएको छ। सोही मुद्दाको आवश्यक अनुसन्धानका लागि तत्कालिन सञ्चालक समितिमा रहेका पाठक र बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले बताए।

‘सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी गर्‍यौं,’ उनले भने ‘प्रहरीले उहाँहरुलाई खोजीरहेको छ, तर सम्पर्कमा हुनुहुन्न।’ पक्राउ पुर्जी जारी गरेको सुईको पाए लगत्तै दुबै जना फरार भएका हुन्।

यस अघि २ महिना अघि कार्यालय प्रमुख सहित तीन जनालाई पक्राउ गरिसकेको छ। वडाध्यक्ष पाठक र बर्मा भारत फरार भएको हुनसक्ने प्रहरीको आशंका छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पाठक यसअघि उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा आवद्ध रहेका थिए। पक्राउ गर्नुपर्नेमा सञ्चालक समितीका सबै पदाधिकारी लगायत ३५ बढीको नाम रहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ