arrow

आफ्नो छायाँ नबन्न लता मंगेशकरको रानु मन्डललाई सुझाव

logo
प्रकाशित २०७६ भदौ १८ बुधबार
lata-mangeshkar-ranu-mandol.jpg

काठमाडौं ।  रानु मण्डल गीत गाएर रातारात सोशल मिडियामा स्टार बनेकी थिइन् । त्यसबेलादेखि रानुको भाग्य नै परिवर्तन भएको छ । रानुले हिमेश रेशमियाको लागि पनि एक गीत गाइसकेकी छन् । तर जसको गीत गाएर उनि चर्चामा पुगिन् उनैले रानुलाई सल्लाह दिएकी छन्  । लता मंगेशकरले रानुलाई एक महत्वपूर्ण सल्लाह दिएकी छन्।

'एक प्यार का नगमा' गीत गाएर सोशल मीडियामा चर्चा बटुलेकी रानु मण्डलले हिमेश रेशमियाका लागि एक भन्दा बढी गीत रेकर्ड गरिसकेकी छन । यसका साथै, यो भनिन्छ कि उनिसँग धेरै ठूला प्रस्तावहरू पनि आएका छन्। सफलता पाइरहेकी रानुलाई लता मंगेशकरले  प्रतिक्रिया व्यक्त गरेकी छन्।

एक अन्तर्वार्तामा रानु मण्डलको बारेमा कुरा गर्दै लता मंगेशकरले भनिन् - यदि मेरो नाम र कामले कसैलाई मद्दत गर्दछ भने म आफैलाई भाग्यशाली ठान्छु। तर मेरो अनुसार, नक्कल गर्दा तपाईले लामो समयसम्म सफलता प्राप्त गर्न सक्नुहुन्न।

यसबाहेक, लता भन्छिन्- 'किशोर दा, मोहम्मद रफी, आशा भोसले र मुकेशको गीत गाउँदा केही समयका लागि गायकहरूले ध्यान खिचे तर यो लामो समयसम्म टिकेनन्।' लताले म्यूजिक शोमा आएका प्रतिस्पर्धाहरूको बारेमा पनि भनेकी थिइन, 'धेरै बच्चाहरूले मेरो गीतहरू धेरै राम्ररी गाउँछन् तर कतिले उनीहरूको सफलता पछि सम्झिए होलान। मलाई सुनिधि चौहान र श्रेया घोषाल मात्र थाहा छ।'

अन्तर्वार्तामा, लताले आफ्नो कुरा राख्दै भनिन्- सबै गायकहरूको सदाबहार गीतहरू गाउनुपर्छ, तर निश्चित रूपमा आफैंलाई पनि खोज्नुपर्छ । गायकले उसको गीत खोज्नु पर्छ।'

आफ्नी बहिनी आशा भोसलेको उदाहरण दिदै लताले भनिन् - यदि आशा आफ्नो शैलीमा गाउने कुरामा जिद्दी गर्दि थिइन् भने ऊ मेरो छायाँको रुपमा रहने थिइन् । एक व्यक्तिको प्रतिभाले उसलाई कत्तिको टाढा लैजान्छ भन्नेमा त्यो सबैभन्दा उत्कृष्ट उदाहरण हो यसैले नै म भन्छु - ओरजीनल बन।

सलमानले रानु मण्डललाई घर र 'दबंग' 'मा गाउने मौका दिएको चर्चा

केहि समयअघि सडक र स्टेशनमा गाउने ५९  बर्षेय रानु मण्डलको जीवन रातारात परिवर्तन भएको छ। पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा, रानु मण्डल लता मंगेशकरको गीत 'एक प्यार का नगमा हे' गाउँदै थिइन् , त्यहाँ गीत सुनिरहेका अतिन्द्र चक्रवर्तीले एक भिडियो बनाएर फेसबुकमा शेयर गरे। तीनै रानु आज चर्चाको शिखरमा छिन् ।

रानु मण्डलको चर्चा भएपछि धेरै किसिमका समाचारहरू आएका छन् ।  जसमध्ये केही सत्य र केही अफवाह छन्। पछिल्लो समय सलमान खानले रानु मण्डललाई ५५ लाखको घर गिफ्ट गरेको  र फिल्म 'दबंग' 'मा गाउने मौका दिएको  एउटा समाचार सोशल मीडियामा भाइरल भएको छ ।  

यसको बारेमा अतिन्द्र चक्रवर्तीले सत्य कुरा खोलेका छन्। रानु मण्डल प्रख्यात भएपछि अतिन्द्र हाल म्यानेजरको रुपमा काम गरिरहेका छन। भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै अतिन्द्रले त्यस्ता कुनै पनि समाचार सत्य नरहेको बताए ।

अतिन्द्रले भने, 'यो सबै गलत समाचार हो। मैले यस्ता अफवाहहरूको धेरै फोन कलहरू प्राप्त गरें। न त सलमान खानले उनलाई घर दिएका छन् न त उनलाई कुनै प्रस्ताव आएको छ। वास्तवमा रानाघाट स्थानीय प्रशासनले रानु मण्डललाई घर दिएको छ। जुन च्यानलले उनलाई स्थानीय प्रशासनसँग मिलेर प्रत्यक्ष प्रसारणको अवसर दिएको छ उनिहरुले नै आधार कार्ड बनाउन सहयोग गरेका छन्। '

रानु मण्डललाई क कसले कामको लागि प्रस्ताव गरे भन्ने प्रश्नमा उनले भने ' एक दिन अघि मात्रै एआर रहमानको अफिसबाट हामीलाई फोन आएको थियो। सोनू निगम पनि रानु मण्डलसँग गीत गाउन चाहन्छन्। अहिले हामी यसमा ध्यान दिइरहेका छौं।

रानु भन्छिन्  'राम्रो दिन होस् वा खराब दिन, संगीतले मलाई सँधै प्रेरित गरेको छ। मलाई गीत मन पर्छ। मैले गर्न सक्ने यो मात्र एकै कुरा हो। लता मंगेशकरजीका गीतहरूले मलाई सँधै प्रेरणा दिन्छ। अतिन्द्रले मेरो भिडियो नबनाउदासम्म मेरो जीवन धेरै गाह्रो थियो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ