arrow

पत्रकारको सुरक्षा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी   

logo
प्रकाशित २०७६ भदौ १९ बिहिबार
gyapan4.jpg

धनकुटा । पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि र मिडिया काउन्सिल बिधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाएर मात्र पास गर्न धनकुटाका पत्रकारहरुले माग गरेका छन् ।

विभिन्न सरकारी संचार माध्यममा कार्यरत व्यवसायिक पत्रकारहरुलाई राजनीतिक पूर्वाग्रह साँधेर हटाएकाले उनीहरुको अभिलम्ब पुनर्वहाली गर्न र मिडिया काउन्सिल बिधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान हटाएर मात्र पास गर्न माग गर्दै बुधबार धनकुटाका प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेमार्फत नेपाल सरकार समक्ष नेपाल प्रेस युनियन धनकुटाले ज्ञापन पत्रसमेत पठाएको छ ।

नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्गले प्रजिअ घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन् । 

सहसचवि सर्मिला राईले सो ज्ञापन पत्र प्रस्तुत गरेकी थिइन् । सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा प्रेस युनियन धनकुटकाका पूर्व अध्यक्षहरु मोहन वान्तवा, खगेन्द्र घिमिरे,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवास, नेपाल प्रेस युनियनका केन्द्रिय पार्षदहरु सुमना तिम्सिना, बिनोद घिमिरे, नेपाल प्रेस युनियन धनकुटाका उपाध्यक्ष नरेन्द्र कस्चित, सहसचिव सर्मिला राई, कोषाध्यक्ष पूर्ण कुमार चौधरी, प्रदेश पार्षद कविराज घिमिरे, पत्रकारहरु कृष्णा राई ,सुनिल सिंह लगायत धनकुटाका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

रेडियो नेपाल सुदरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत ३ जना व्यावसायिक पत्रकारहरुलाई र  सरकारी संचारमाध्यमबाट पुराना व्यवसायिक पत्रकारहरुलाई हटाउने र  स्टिङगर रिपोर्टरहरुको समेत म्याद थप नगरी कार्यकर्ता भर्तीकेन्द्र बनाउने काम धमाधम भैरहेकोले यसलाई अभिलम्ब बन्द गर्न समेत  ज्ञापन पत्र मार्फत सरकारसंग माग गरिएको छ ।

सरकारी संचार माध्यमबाट हटाईएका व्यवसायिक पत्रकारहरुलाई अभिलम्ब पुनर्वहाली नगरेमा, सरकारी संचार माध्यमलाई कार्यकर्ता भर्ती केन्द्र बनाउने कार्य नरोकेमा र  प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु राखी मिडिया काउन्सिल बिधेयक जस्ताको जस्तै प्रक्रिया अघि बढाई पास गरेमा सशक्त आन्दोलनमा उत्रिनेसमेत ज्ञापन पत्र मार्फत नेपाल सरकारलाई नेपाल प्रेस युनियनले चेतावनी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ