arrow

चन्द्रयान २ को चन्द्रमाको सतहमा पुग्नुअघि नै टुट्यो सम्पर्क, मोदीले बढाए हौसला

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
chandrayan-21.jpg

काठमाडौं । भारतले अन्तरिक्षमा इतिहास राख्नु अघि नै सम्पर्क टुटेको छ । इतिहास रच्नु केही समयअगाडि मात्र चन्द्रयान २ को ल्यान्डर विक्रमको ल्यान्डिङ भन्दा ६९ सेकेन्ड पहिले नै पृथ्वीसंग सम्पर्क टुटेको छ । 

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर विक्रमको शनिबार बिहान नेपाली समय अनुसार २ः१० बजे ल्यान्डिङ हुनुपर्ने थियो । 

तर समय पछि बदलेर २ः०८ मिनेट गरिएको थियो । 

Image

यो समय बितेपछि पनि ल्यान्डर विक्रमको स्थिति पत्ता लगाउन सकिएको छैन । इसरोका प्रमुख डा के सिवनले ल्यान्डर विक्रमको ल्यान्डिङ प्रक्रिया एकदम ठीक भए पनि चन्द्रमाको दक्षिणी ध्रुबको सतहदेखि २.१ किलोमिटर टाढा रहेको अवस्थामा पृथ्वीसंग सम्पर्क टुटेको प्रतिक्रिया दिए । 

उनले आर्बिटरबाट प्राप्त तथ्याङ्कहरु विश्लेषण गरिरहेको जनाएका छन् । यदि उसको ल्यान्डिङ भएको भए बिहान ५ः३४ देखि बिहान ६ बजेसम्म तस्वीर लिने थियो । 

Image

यसअघि ल्यान्डिङको समय बितेपछि इसरोको मुख्यालयमा वैज्ञानिकहरुको स्थिति तनावग्रस्त बनेको थियो । Image

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुख्यालयमा खडा रहेका थिए । उनले वैज्ञानिकहरुसंग पुगेर हौसला बढाएका थिए । 

उनले भने ‘जीवनमा उतार–चढाव आउँछन् जुन तपाईहरुले गर्नुभयो त्यो छोटो थिएन । अगाडि पनि हाम्रो कोशिस जारी रहन्छ । देशलाई आफ्ना वैज्ञानिकप्रति गर्व छ ।’

Image

मोदीले भनेका छन्, ‘म वैज्ञानिकहरुको साथमा छु । हिम्मतका साथ चलौं । जुन तपाईहरुले गर्नुभएको छ यो पनि ठूलो उपलब्धि हो ।’

अब के हुन्छ ? 
जुन आर्बिटरबाट ल्यान्डर अलग भएको छ त्यो अझै पनि चन्द्रमाको सतहबाट ११९ देखि १२७ किलोमिटरको उचाइमा घुमिरहेको छ । 

२३७९ किलोग्रामको आर्बिटरसंग ८ पेलोड छ । यसले एक वर्ष काम गर्नेछ । ल्यान्डर र रोवरको स्थिति पत्तो नलागे पनि मिशन भने जारी रहने छ । ८ पेलोडका अलग अलग काम हुनेछन् । 

Image

अब चन्द्रमाको सतहको नक्सा तयार गर्नुपर्नेछ । यसबाट चन्द्रमाको अस्तित्व र उसको विकास पत्ता लगाउने काशिस हुनेछ । 

म्याग्नेसियम, एल्मुनियम, सिलिकन, क्याल्सियम, टाइटेनियम, आइरन र सोडियमको उपस्थितिको पत्ता लगाइने छ । 

सूर्यको किरणमा रहेको सोलर रेडियशनको तीव्रता मापन गरिने छ । आदि ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ