arrow

भारतीय राजदूतद्धारा भारतको अनुदानमा निर्मित कोटेश्वर बहुमुखी क्याम्पसको भवन उद्घाटन 

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले कोटेश्वर बहुमुखी क्याम्पसको नवनिर्मित क्याम्पस भवनको उद्घाटन गरेका छन् । 

शनिबार बिहान भएको उक्त उद्घाटन समारोहमा नेकपाका नेता तथा पूर्व परराष्ट्रमन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, पूर्व परराष्ट्र सचिव मदन भट्टराई, जिल्ला समन्वय समितिका अध्यक्ष शिव
सुन्दरराज वैद्य लगायत राजनीतिक नेता तथा सामुदायिक अगुवाहरुको सहभागीता रहेको थियो ।

सन् १९९० मा स्थापना भएको कोटेश्वर बहुमुखी क्याम्पस काठमाडौं जिल्लाको कोटेश्वरमा अवस्थित छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो क्याम्पस गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकी सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । 

राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस क्याम्पसले उच्च माध्यमिक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस क्याम्पसमा करिब ३,७००
विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये ६० प्रतिशत छात्रा रहेका छन् ।

भारत सरकारको ४.५१ करोड रुपैयाँ अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका लागि छुट्टै कक्ष रहेका छन् । 

साथै छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था रहेको छ । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूर्णता दिने पूरकको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा राजदूत पुरीले खुशीसमेत व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ