arrow

किरनाले टोकेर शिक्षकको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ भदौ २१ शनिबार
panchthar-district1.png

पाँचथर । किरना भन्ने किराले टोकर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय विनोद कुगेनाम्बा रहेका छन् । 

गत डेढ हप्ता अघि घरमा किरनाले टोकेर अस्पतालमा उपचाररत रहेका कुगेनाम्बाको शुक्रबार राती १० बजे टिचिङ अस्पताल काठमाडौँमा मृत्यु भएको छिमेकी उपेन्द्र लावतीले बताए ।

किरनाले टोकेर जिल्ला अस्पताल पाँचथर तथा नोभेल अस्पताल पाँचथरमा उपचार गराउँदा पनि उपचार सम्भव नभएपछि कुगेनाम्बालाई दुई दिन अघि टिचिङ अस्पताल भर्ना गरिएको थियो ।

कुगेनाम्बा रानीटार मावि फिदिम ७ मा शिक्षण गर्दै आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ