arrow

राजधानीमा साना हतियारको बिगबिगी, दुई पेस्तोलसहित सात पक्राउ    

logo
प्रकाशित २०७६ भदौ २१ शनिबार
Handcuffs.jpg.png

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट दुई वटा पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ ।     
     
 महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले दुई वटा पेस्तोल लिएर हिँडिरहेका अवस्थामा शनिबार दिउँसो पक्राउ गरेको हो ।     
     
 महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सात व्यक्तिलाई दुई वटा पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए ।

“गुण्डागर्दीमा संलग्न रहेका उनीहरु पेस्तोल र गोलीसहित हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएका हौँ”, उनले भने ।     
     
 पक्राउ विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ