arrow

जिरुको गोलमा विश्वकप विजेता फ्रान्सको लोभलाग्दो जित 

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
giroud3.jpg

काठमाडौं । सन् २०१८ को विश्वकप फुटबल विजेता फ्रान्सले युरोकप छनोटमा महत्वपूर्ण जित निकालेको छ । मुख्य खेलाडीहरु बिना नै मैदानमा उत्रिएको फ्रान्स अल्बानियालाई ४–१ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा पुगेको छ । 

France forward Kingsley Coman cut in from the right to score at the near post

घरेलु मैदानमा खेलेको फ्रान्स केलियन एम्बाप्पे, पाउल पोग्बा र उसमान डेम्बेले बिना नै मैदान उत्रिएको थियो । 

किंग्सले कोमनले दुई गोल गरेको खेलमा ओलिभर जिरु र जोनाथन इकोनिले एक गोल गरेका थिए ।

Coman was able to spin his marker Elseid Hysaj and slot home his second of the night

अन्तिम मिनेटमा सोकोल सिकलेशीले पेनाल्टीमार्फत गोल गर्दै अल्बानियालाई शुन्यको योगफलबाट माथि उठाएका थिए । 

फ्रान्स रहेको समूह एचको शनिबार रातिको अन्य खेलमा आइसल्याण्डले मोल्डोभालाई ३–० गोल अन्तरले तथा टर्कीले एन्डोरालाई १–० गोल अन्तरले हरायो । 

Jonathan Ikone exchanged passes with fellow substitute Nabil Fekir to make it four late on

पाँचौं चरणको समाप्तिसम्म फ्रान्स, टर्की र आइसल्याण्ड समान १२ अंक भए पनि गोल अन्तरमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । ६ अंकसहित अल्बानिया चौथो स्थानमा छ । 

पाँचौं स्थानको मोल्डोभाको ३ अंक छ भने एन्डोरा अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ