arrow

बीपी कोइरालाको अप्रकाशित डायरीको डा शशांकले विमोचन गर्दै

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
BP1.jpg

काठमाडौं। नेपाली कांग्रेसका संस्थापक तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको अप्रकाशित डायरीलाई संग्रह गरेर प्रकाशित पुस्तकको आइतवार विमोचन हुने भएको छ। 

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले डायरीको विमोचन गर्ने भएका छन्। बीपी कोइरालाको २००८ देखि २०१३ सम्मका अप्रकाशित डायरी तथा पत्रहरुलाई पुस्तकमा समेटिएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा आयोजित कार्यक्रममा पुरुषोत्तम बस्नेतद्वारा लिखित तथा संग्रहित नेपाली कांग्रेसको इतिहासको प्रारुप र डा शोभाकर पराजुलीद्वारा लिखित लोकतन्त्र र समाजवाद पुस्तकको समेत विमोचन हुने छ। 

दिउँसो दुई वजे हुने कार्यक्रममा वक्ताका रुपमा सहभागि नेपाली कांग्रेसका नेताहरु नरहरी आचार्य, डा शेखर कोइराला, गगन थापालाई पत्रकारहरु युवराज घिमिरे र चन्द्रकिशोरले साथ दिनेछन्।  

आइतवार विमोचन हुने ३ वटै पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ