arrow

दिदि लता मंगेशकरको पिएसँग विवाह गरेर पछुताइन् आशा भोसले, दुई सन्तानको मृत्यु बन्यो सधैको पिडा

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
aasha.jpg

काठमाडौं ।  सुमधुर स्वरकी धनी आशा भोसलेले आइतबार ८६ औं जन्मदिन मनाउदै छिन्। उनले आफ्नो आवाजले लाखौंको मन जित्न सफल भएकी छन् । आशाले अहिलेसम्म हजार भन्दा बढी फिल्मको गीत गाइसकेकी छन। उनले २० भाषाहरूमा १४०००  गीतमा आफ्नो आवाज दिएकी छन्। आशा भोसले १० बर्षको उमेरदेखि नै गाउन थालेकी हुन् । आशाका बुबा दीनानाथ मंगेशकर एक प्रसिद्ध थिएटर अभिनेता र शास्त्रीय गायक थिए। जब आशा १० बर्षकी थिइन् , उनको बुबाको मृत्यु भयो। यसै कारण उनले आफ्नो जेठी दिदि लता मंगेशकरसँग मिलेर गीत गाउने र अभिनय गर्न थालिन्।

दुबै दिदीबहिनी मिलेर परिवारको हेरचाह गर्थे। १९४३ मा आशाले  मराठी फिल्म 'माझा बाल' मा पहिलो पटक 'चला चला नव बला' गाएकी थिइन् । १९४८ मा हिन्दी चलचित्र हंसराज बहलको फिल्म 'चुनरिया' मा पहिलो गीत 'सावन आया' गाइन् । प्रख्यात गायकको छोरी भए पनि आशालाई आफ्नो क्यारियरको शुरुवातमा धेरै संघर्ष गर्नुपर्‍यो। त्यस समयमा गीता दत्त, शमशाद बेगम र लता मंगेशकरको नाम धेरै चलेको थियो। जब ती तीनै जनाले एउटा गीत छोडे भने त्यो गीत आशा भोसलेलाई दिइन्थ्यो । यसै कारण आशाले ५० को दशकमा  वेम्पस, व्याड गर्ल जस्ता दोस्रो दर्जाको फिल्महरूमा धेरैजसो गीतहरू गाएकी छन्।

एक अन्तर्वार्तामा, आशाले बताएकी थिइन्  कसरी उनले गीतको रेकर्डिङको क्रममा लता दीदीमा चिच्याएकी थिई। वास्तवमा, संगीतकार शंकर जयकिशनले दुबैलाई उनको गीत 'कार गया रे .. कर गया रे मुजपे जादू' को लागि अफर गरेका थिए । यो गीत बसन्त बाहार फिल्मको हो। गीत राग भैरवीमा आधारित थियो र  दुबैले धेरै अभ्यास गरेका थिए। जुन दिन रेकर्डिङ भयो, आशा स्टुडियोमा जान तयार थिइन्। उहि समयमा दीदी लता अझै अभ्यास गर्दै थिइन्। त्यसै दिन आशाले अर्को गीत रेकर्ड गर्न जानुथियो । उनी यो अवसर गुमाउन चाहिनन्। समय एक घण्टा थियो र लता अझै आइनन्। यस पछि, उनको धैर्यताको बाध टुट्यो र उनी पूर्वाभ्यास कक्षमा गइन्। उनले ठूलो स्वरमा लतालाई भनिन्, 'अब जाऔं, म अझ धेरै पर्खिन सक्दिन'। त्यसपछि लताले उनलाई मीठो मुस्कान दिइन् र उनीसँग रेकर्डिङको लागि गइन् ।

आशाको व्यक्तिगत जीवनमा पनि धेरै आँधीबेहरी देखा परेका छन् । १६ वर्षको उमेरमा उनी लता मंगेशकरको ३१ वर्षीय निजी सचिव गणपत राव भोसलेसँग प्रेममा परिन् । उनले परिवारका सदस्यहरूले सम्झाउदा सम्झाउदै गणपत रावसँग बिहे गरिन्। यस कारण, उनले आफ्नो घर पनि छोड्नु परेको थियो। विवाहको केही दिन राम्रो भयो तर गणपत र उनका भाइले आशालाई कुटपिट गर्न थाले। गणपतको परिवारले आशालाई उनको परिवारको कुनै पनि सदस्यलाई भेट्न दिदैन थिए । उनले लता दीदीलाई धेरै चोटि भेट्ने कोशिस गरिन् तर सफल भइनन् । जब यो सबै उनको सहनशीलता बाहिर भने तब १९६० मा उनी दुई बच्चाहरुसंग आमाको घरमा आईन्। त्यस समयमा पनि आशा गर्भवती थिइन्। आशाको जेठो छोरोको नाम हेमन्त थियो जसको मृत्यु भइसकेको  छ। भोसलेकी छोरी वर्षाले अक्टूबर २०१२ मा आत्महत्या गरिन् । आशाको कान्छो छोरा आनंद भोसले अहिले उनीको हेरचाह गरिरहेका छन् ।

आमाको घर आएपछि आशाले फेरि गीत गाउन थालिन् । यस क्रममा उनको भेट राहुल देव बर्मन अर्थात् आरडी बर्मनलाई भयो । दुवैले सँगै धेरै गीतहरू गाए। यसपछि उनीहरू दुबैको १९८० मा विवाह भयो। आरडी बर्मन आशा भन्दा ६ बर्ष कान्छा थिए। दुबैले  सम्बन्धबिचेदपछि विवाह गरेका थिए । विवाह सफल भयो  आरडी बर्मनले आशालाई उनको अन्तिम साससम्म साथ दिए ।

 आशा जति मधुर गीत गाउछिन् त्यस्तै स्वादिष्ट खानाको लागि पनि चर्चित छन् । उनको हातले बनाएकव गोस्ता र बिरयानी बलिउड उद्योगमा प्रख्यात छन्। एक पटक आशालाई सोधिएको थियो कि उनी यदि गायक नभएकी भए के गर्नुहुन्थ्यो ? तब आशाले जवाफ दिइन् एक राम्रो कुक भएर पैसा कमाउँथे । आशा पनि उनको आफ्नै रेस्टुरेन्ट चलाउँछिन्। दुबई र कुवेतमा आशाको नामबाट रेस्टुरेन्ट चलेका छन् । आउँदो वर्षहरुमा आशाको ब्रान्डमा बेलायत भरि ४०  वटा रेस्टुरेन्ट खोल्ने योजना छ।

उनलाई ७ पटक  फिल्म फेयर पुरस्कार, २ राष्ट्रिय पुरस्कार, पद्म विभूषण र दादासाहेब फाल्के पुरस्कार पनि प्रदान गरिएको छ। सन् १९९७, मा आशा भोसले पहिलो भारतीय गायिका बनिन् जसलाई ग्र्यामी पुरस्कारका लागि छनोट गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ