arrow

शिक्षा पत्रकारिता सम्मान पत्रकार ओलीलाई प्रदान

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
puraskars.jpg

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले यसवर्षको शिक्षा पत्रकारिता सम्मान पत्रकार अर्जुन ओलीलाई प्रदान गरेको छ । ४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नागरिक दैनिकका नेपालगन्ज संवाददाता ओलीलाई सम्मान गरेको हो । नेपालगन्ज उपमहानगरपालिकामा लामो समयदेखी शिक्षा तथा बालबालिकाको क्षेत्रमा पत्रकारिता मार्फत पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै ‘४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवस–२०७६’ बाट आइतबार सम्मान गरियो ।

दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर लगायतले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन् । सोही कार्यक्रममा नेपालगन्जमा क्रियाशिल अर्का पत्रकार कृष्ण अधिकारीलाई गतवर्षको सम्मान प्रदान गरिएको छ । हिमालय टेलिभिजनका पत्रकार अधिकारीलाई २०७५ सालको शिक्षा पत्रकारिता सम्मान यसवर्ष प्रदान गरिएको आयोजकले जनाएको छ ।

सो क्रममा उपमहानगरपालिकाले उत्कृष्ठ बिद्यालयको रुपमा सामुदायिकतर्फ जयजनता माध्यामिक बिद्यालय थपुवा र संस्थागततर्फ आर्दश माध्यामिक बिद्यालय नेपालगन्जलाई सम्मान गरेको छ । यस्तै शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका सेवा निवृत्त शिक्षकहरु किरण आचार्य, कृष्णा पाठक, गिता शर्मा, आरती सिंह, लक्ष्मणप्रसाद गौतम, बृजेशबहादुर सिंह, होमनाथ गिरी, कृष्णकुमार शर्मालाई सम्मान गरिएको छ ।

यसैगरी शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गरी योगदान पुर्याएको भन्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० वडा कार्यालय तथा सामाजिक विकास मञ्च, बाँके युनेस्को क्लब, भेरी प्राविधिक शिक्षालय, प्याब्सन÷एन प्याब्सन लगायतलाई पनि सम्मान गरियो । सो क्रममा २०७५ सालको एसइई परिक्षा र कक्षा ८ को परिक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल भएका बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले ६ महिनाभित्रमका बाँकेलाई पुर्ण साक्षर जिल्ला घोषणा गर्ने प्रतिवद्धता जनाए । नगर प्रमुख राणाले शिक्षा क्षेत्रको सुधारका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।

नगर उपप्रमुख थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर शिक्षा प्रमुख गोर्खबहादुर थापा, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दोर्ण ओली, महासंघ नेपालगन्ज उपमहानगर अध्यक्ष मनोजराजा श्रीवास्तव लगायतले बोलेका थिए । सो क्रममा विभिन्न बिद्यालयका बिद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए, भने कार्यक्रम सञ्चालन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडासदस्य तरुण बज्राचार्यले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ