arrow

सरकारको कर नीतिप्रति सांसद एवं वरिष्ठ उद्योगपति चौधरीको आपत्ति [भिडियोसहित]

logo
प्रकाशित २०७६ भदौ २२ आइतबार
binod-chaudhary-parliament.JPG

काठमाडौं । नेपाली कांग्रेसका सांसद् एवं वरिष्ठ उद्योगपति विनोद चौधरीले सरकारको कर नीतिप्रति गम्भीर आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसद् चौधरीले ७५३ वटै स्थानीय तहलाई पैसा चाहिएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडालाई पैसा पुर्याउनका लागि कर लगाउने नयाँ नयाँ प्रविधि र नयाँ नयाँ उपायहरु खोज्नुपर्ने वाध्यता रहेको बताए । 

उनले डा खतिवडाको कर नीतिप्रति आपत्ति जनाउँदै भने, ‘तर करलाई हामीले उत्पादनसंग जोड्न सकेनौं भने व्यापारलाई प्रतिस्पर्धी बनाउन सकिएन भने खास गरिकन भारत र चीन जस्ता मुलुकको बीचमा लगभग खुला रुपमा वस्तु र सेवाहरु आदानप्रदान हुने भौगोलिक स्थितिको पृष्ठभूमिमा हामीले तय गरेका हाम्रा योजनाहरु केवल केवल कागजमा सीमित रहने निश्चित छ ।’

भिडियोसहित–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ