arrow

युरोकप फुटबलमा स्पेन र इटाली छनोट नजिक, यस्तो छ नतिजा 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ २३ सोमबार
spain7.jpg

काठमाडौं । युरोकप छनोट फुटबलमा उपाधिकै दावेदारहरु स्पेन, इटालीसहितका शीर्ष टिमहरु विजयी भएका छन् । आइतबार रातिको खेलमा स्पेनले आइसल्याण्डलाई हराएको छ । 

घरेलु मैदानमा भएको खेलमा स्पेन ४–० गोल अन्तरले विजयी भएको हो । स्पेनको जितमा भ्यालेन्सिया रोड्रिगो र पाको अल्सासेरले समान २–२ गोल गरे ।

डिफेन्डर सर्जियो रामोसले स्पेनको जर्सीमा कीर्तिमानी १६७ क्याप खेले । उनले लिजेण्ड गोलकिपर इकर कासिलासको राष्ट्रिय टिमबाट सर्वाधिक क्यापको कीर्तिमान बराबरी गरे ।

स्पेन रहेको समूह एफ को खेलमा रोमानियाले माल्टालाई १–० गोल अन्तरले हरायो । त्यस्तै स्वीडेन र नर्वेले भने १–१ गोलको बराबरी खेले । 

स्पेन छनोटका सबै खेलमा अपराजित छ । उसले ६ खेलबाट १८ अंक जोडेको छ । दोस्रो स्थानको स्वीडेनको ११ अंक छ । तेस्रो स्थानको रोमानियाको १० अंक छ । चौथो स्थानको नर्वेको ९ अंक छ । पाँचौं स्थानको माल्टाको ३ र आइसल्याण्ड अझै अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

यता समूह जे को खेलमा इटाली र अर्मेनिया विजयी भएका छन् । इटालीले फिनल्याण्डलाई २–१ गोल अन्तरले हरायो । 

अर्मेनियाले बोस्निया एण्ड हर्जगोविनालाई ४–२ गोल अन्तरले हरायो । त्यस्तै ग्रीस र लेचटेन्सटेनले १–१ को बराबरी खेले । 

अपराजित इटालीले ६ खेलबाट १८ अंक बटुल्दै शीर्ष स्थानमा रही छनोट नजिक पुगेको छ । दोस्रो स्थानको फिनल्याण्डको १२ अंक छ । 

समूह डी को खेलमा स्वीटजरल्याण्डले जिब्राल्टरलाई ४–० गोल अन्तरले हरायो भने जर्जिया र डेनमार्कले गोलरहित बराबरी खेले । 

यो समूहमा ५ खेलबाट ११ अंकसहित आयरल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानको डेनमार्कको ९ तथा तेस्रो स्थानको स्वीटजरल्याण्डको ८ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ