arrow

ललितपुर कांग्रेसको प्रदेश क्षेत्रिय कार्यसमितिको को को बने सभापति ?

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
lalitpur-sabhapati-congress.jpg

ललितपुर । नेपाली कांग्रेस ललितपुरले ललितपुरका तीन वटै सङ्घीय निर्वाचन क्षेत्र र छ वटै प्रदेश निर्वाचन क्षेत्रमा सभापतिहरुको टुङ्गो लगाएको छ । 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७६ साउन २६ गरेको बैठकले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकाले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी नेपाली कांग्रेस स्थानिय तह संगठन पुनर्संरचनाको अन्तरिम निर्देशिका २०७६ पारित गरी लागू गर्ने निर्णय गरे अनुसार सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिएको थियो ।

केन्द्रीय कार्य समितिबाट प्राप्त मापदण्डसहितको निर्देशन अनुसार क्षेत्रगत रुपमा सबै नेता कार्यकर्ताको सहमतिमा सभापतिहरुको टुङ्गो लगाइएको कांग्रेसका कार्यवाहक सभापति प्रकाश नन्दन जोशीले जानकारी दिए।

नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएर पश्चात सीमांकन हेरफेर नभई तिनवटै निर्वाचन क्षेत्र यथावत् रहेकाले क्षेत्रीय सभापतिहरुमा १३औं महाधिवेशनमा निर्वाचित भएका सभापति नै प्रतिनिधिसभा क्षेत्रीय सभापति यथावत राजन प्रसाद घिमिरे (१) ,महेश खड्का (२) र कार्यवाहक सभापति वेलि डंगोल (३)  रहेका छन् । 

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर १ प्रदेश सभा क्षेत्रिय कार्यसमितिमा सुन्दर मान थिङ (१) रामकृष्ण लामा (इन्द्र), (२) सभापतिमा चयन भए । प्रतिनिधि सभा क्षेत्र नम्वर २ प्रदेश क्षेत्रीय कार्य समितिमा यज्ञ कु नेमकुल (१) चन्द्रमान बज्राचार्य (२) सभापतिमा चयन भएका छन् । 

त्यसैगरी क्षेत्र नम्वर ३ को प्रदेश क्षेत्रिय कार्यसमितिको सभापतिमा जितेन्द्र महर्जन (१) र विश्व राज तुलाधर (२) चयन भएका छ्न्। नेपाली कांग्रेस ललितपुर कार्यालय नखिपोटमा सबै अगुवा नेता कार्यकर्ताको उपस्थितिमा सभापतिको टुङ्गो लगाइएको कार्यवाहक सभापति जोशीले बताए ।

केन्द्रिय निर्वाचन प्रतिनिधि गणेश कु सिलवाल उपस्थितिमा भएको भेलाले छ ओटै प्रदेश क्षेत्रमा कार्यसमिति विस्तार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ