arrow

ए सिरिज २०२० सार्वजनिक गर्दै ओपो, यस्ता छन् बिशेषता

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार

काठमाडौं ।  ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको  छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “एफाइभ २०२०” रहेका छन् । मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो ए सिरिज २०२०ले विभिन्न आवश्यकता सहितका उपभोक्ताहरुको माग सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेशन जी यूवाहरुका लागि उत्कृष्ट हुने बताइएको छ ।

विगत १० बर्षदेखि ओपो ओभरसिज बजारहरुमा सक्रिय छ । ओपो ए सिरिजलाई वैश्विक बजारमा उपभोक्ताहरुले अत्यधिक रुचाएका पनि छन् । सन् २००९मा पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि अतुलनिय मौखिक लोकप्रियताका साथमा रुचाइएको छ ।

यूवा जमातले ओपो ए सिरिजलाई आफ्नो पहिलो स्मार्टफोनका रुपमा छनोट गरेका छन् । तिनले स्मार्टफोनको प्रयोगका बारेमा जान्नुका साथै यसमा रहेका क्यामेरा र एप्स लगायत प्रविधिले प्रयोगकर्तालाई सामाजिक हुने नयाँ तरिका खुलाउनुका साथै जीवनमा रहेका अनगिन्ति सम्भावना समेत औल्याउन सघाएको छ । यस दौरान ओपोले समय सान्दर्भिक नयाँ मोबाइल ट्रेण्ड्ससंग परिस्कृतिकरणपनि अपनाउँदै गएको छ । अहिले स्मार्टफोन फोन गर्ने वा उठाउने उपकरणमा मात्र सिमित नरही ब्यक्तिगत सहयोगीका रुपमा समेत स्थापित हुँदै गइरहेको छ ।

जीवनमा उत्कृष्टताको खोजी गर्दा गर्दै सम्झौता गर्नुपर्ने बाध्यताको अनुभव गरिरहेका यूवा जमातका लागि ओपो ए सिरिज २०२०ले थप सम्भावना प्रशस्त गरिदिएको छ । यसमा रहेको परिस्कृत ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले प्रयोगकर्तालाई उपभोक्तालाई उत्कृष्टताको अनुभवका लागि मार्ग खुल्ला गरिदिएको छ ।

ए सिरिज २०२० नाम सहित सार्वजनिक हुने तयारीमा रहेको यो मोबाइल नयाँ दशकको सुरुवात र मोबाइल प्रयोगकर्ताका नयाँ पुस्तालाई स्वागत गर्ने सोचका साथ भित्राउने तयारी थालिएको हो । त्यसैगरी नयाँ नामले अत्याधुनिक प्रविधिको प्रतिनिधित्वपनि गर्छ । उत्पादनको सार्वजनिक मिति हालका लागि नतोकिएको भएतापनि नजिकिँदै गरेको दशँै लक्षित गर्दै फोन सार्वजनिक हुने सम्भावना प्रबल रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ