arrow

एनआरएन आइसीसी युवा संयोजकमा हिमाल गुरुङको उमेद्वारी घोषणा

logo
प्रकाशित २०७६ भदौ २३ सोमबार
himal-gurung-nrn.jpg

नेदरल्याण्ड। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको युवा संयोजकमा नेदरल्याण्ड्सका हिमाल गुरुङले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष तथा वर्तमान गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय समितिका सदस्य गुरुङको नेपाली थातथलो भने कास्की पोखरा हो। उनको सामाजिक जीवनको सुरुवात नेदरल्याण्डबाट सुरु भएकोले आगामी यात्राको घोषणा यहिबाट गरेको बताए। 

आफ्नो कार्यकालमा सवैभन्दा कान्छा अध्यक्ष रहेका गुरुङ नेदरल्याण्डमा गैर आवासीय नेपाली संघको अध्यक्ष हुँदा गरेका कामहरुका कारण अझै चर्चित छन् । एनआरएनको विश्मावव्यापी सञ्जालमा पनि सामाजिक सम्बन्ध अत्यन्तै मजबुत बनाएका गुरुङ युवा संयोजकका लागि उपयुक्त उम्मेद्वारको रुपमा चर्चा हुन थालेको छ।

युवा संयोजकका प्रत्यासी गुरुङले विषेश गरेर दोश्रो पुस्ताका एनआरएनलाई एनआरएन अभियानको मुलप्रवाहमा समाहित गराउने विभिन्न खालका कार्यक्रमहरु गरि दोश्रो पुस्ताका एनआरएन र एनआरएन अभियानलाई जोड्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्।

संचार तथा प्रविधिमा दोश्रो पुस्ताका एनआरएनहरुले आर्जन गरेको सिप तथा नेपालमा सदुपयोग तथा परिचालन गरि संवृद्ध नेपालको यात्रामा सहयोग पुर्याउने समेत आफ्नो लक्ष्य रहेको उनले बताएका छन् । एनआरएनका वरिष्ट अग्रजहरु तथा विभिन्न देशका मित्रहरुले आफुलाई युवा संयोजक सहयोग गर्ने आश्वासन तथा सल्लाह दिनुभएको कारण पनि आफु उत्साहित भएको बताए। उनले एनआरएनका आफू सफल हुनेमा ढुक्क भएको प्रतिकृया दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ