arrow

पोर्चुगलमा जीपी कोइराला फाउण्डेसन, सुशील शर्माको संयोजकत्वमा समितिको घोषणा

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
gp-koirala-foundation-portugal.jpg

लिस्बन, पोर्चुगल । युगपुरुष गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापित जीपी कोइराला फाउण्डेसनको शाखा पोर्चुगलमा स्थापना भएको छ ।

नेपाली जनसम्पर्क समिति पोर्चुगलका पूर्व उपाध्यक्ष सुशील शर्मा गैरेको संयोजकत्वमा जीपी कोइराला फाउण्डेसन पोर्चुगल स्थापना भएको हो । सोमबार पोर्चुगलको राजधानी लिस्बनमा आयोजित कार्यक्रममा कार्यक्रममा शर्माको संयोजकत्वमा नौ सदस्यीय समिति घोषणा गरिएको हो । 

१०६औं विपी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन काठमाडौंका पूर्व अध्यक्ष नारायण अर्यालले समितिको घोषणा गरेका थिए । समितिको सह संयोजक युवराज पन्थी रहेका छन् भने सचिवको जिम्मेवारी सीता बरालले पाएकी छिन् । त्यस्तै, प्रमोद पोखरेल, विष्णु सापकोटा, जीवन सुवेदी र टेक खत्री सदस्य रहेका छन् । बाँकी दुई सदस्य पछि मनोनित गरिने जनाइएको छ । 

त्यस्तै, जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, जनसम्पर्क समितिकै पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, जनसम्पर्क समितिका अध्यक्ष विनोद घिमिरे, कांग्रेस महासमिति सदस्य चीजकुमार तामाङ, महाधिवेशन प्रतिनिधि सुरेन्द्र अम्गाईं, गैरआवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष कुबेर कार्की, गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष रमेश गुरुङ तथा पत्रकार नारायण अर्याल समितिको सल्लाहकार रहेका छन् ।

कार्यक्रममा जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष हमालले युगपुरुष गिरिजाप्रसाद कोइरालाको सम्झना र सम्मानमा स्थापित फाउण्डेसनको आदर्श र लक्ष्य अनुसार काम गर्न समितिलाई सुझाब दिए । लोकतन्त्र, शान्ति र विकासको नारालाई साकार पार्न आग्रह गर्दै राजनीति भन्दा समाजसेवामा केन्द्रीत हुन आग्रह गरे ।

कार्यक्रममा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष घिमिरे, एनआरएनए अध्यक्ष तिलक गैरे तथा एनआरएनए पूर्व अध्यक्ष रमेश गुरुङ लगायतले समितिको कार्यकाल सफलताको शुभकामना दिएका दिए । 

फाउण्डेसनका संयोजक सुशील शर्माले प्रारम्भिक चरणमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै फाउण्डेसनको लक्ष्य प्राप्तिका निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै फाउण्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ