arrow

अछामका चारवटै प्रदेशसभा क्षेत्रमा कांग्रेसको जागरण अभियानको लागि व्यापक तयारी

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
achham-congress_-meeting.jpg

अछाम। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। जिल्ला पाटी सभापति भरत कुमार स्वारको सभापतित्वमा सोमबार बिपी स्मृती भवन मंगलसेनमा भएको बैठकले भाद्र २४ गते मंगलबार देखि सुरु हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमका लागि कार्यक्रमहरु निर्धारण गरेको छ । 

पार्टी सहसचिव बेदप्रकाश तिमिल्सैनाका अनुसार जागरण अभियान कार्यक्रमको लागि क्षेत्र नम्बर १ अन्तरगत प्रदेश क अन्तर्गतको  त्रिपुरासुन्दरी क्याम्पसमा बिहान ८ बजे बृक्षारोपण, दिउँसो १ बजे साफेबगर स्थित क्षेत्रिय पार्टी कार्यालयमा कार्यक्रम, क्षेत्र नम्बर १ अन्तरगतकै प्रदेश ख मा बान्निगढि जयगढ गाउपालिकाको अतिथि आवाशको प्राङ्गणमा बिहान ८ बजे बृक्षारोपणका साथै दिउँसो उद्घाटन कार्यक्रम रहेको छ । 

क्षेत्र नम्बर २ अन्तरगत प्रदेश क को कमलबजार स्वास्थ्य केन्द्रको प्राङ्गणमा दिउँसो १ बजे बृक्षारोपण, क्षेत्र नम्बर २ अन्तरर्गत प्रदेश ख को त्रिखुल्यानिमा बिहान् ८ बजे बृक्षारोपण गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस अछामले जनाएको छ । 

केन्द्रको निर्देशन बैठकले अनुसार जागरण अभियानका क्रममा समन्वय गर्नका लागी क्षेत्र नम्बर १ अन्तरगत प्रदेश क मा जिल्ला पाटी सचिव भरत कुमाल संयोजक एवंम सुरत कुवर तथा प्रदेश ख मा कोषाध्यक्ष झन्कर साउद संयोजक रहने गरी जिल्ला कार्यसमिति सदस्य धन बहादुर शाह सहसंयोजकको जिम्मेवारी दिएको छ।  

यता क्षेत्र नम्बर २ अन्तरगत प्रदेश क मा पाटी सचिव नम बहादुर शाहीलाई संयोजक एवंम पार्टी सहसचिव वेदप्रकाश तिमिल्सैनालाई सहसंयोजक तथा प्रदेश ख मा जिल्ला पार्टी उपसभापति चन्द्रप्रसाद ढुङ्गानालाई संयोजक एवंम जिल्ला सदस्य नयाँराम बजगाइलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । साथै बैठकले प्रत्येक प्रदेशबाट जिल्ला कार्यसमितिलाई जानकारी दिन अनिवार्य परिपत्र गर्ने निर्णय गरेको छ ।

अछामको जागरण अभियानको लागि नेपाली कांग्रेसले क्षेत्र नम्बर १ अन्तरगत प्रदेश क मा हिम बहादुर रावल, प्रदेश ख मा गोबिन्द राज जोशी, क्षेत्र नम्बर २ अन्तरगत प्रदेश क मा मदन गिरी, प्रदेश ख मा हिक्मत बहादुर बिष्ट लाई केन्द्रीय प्रतिनिधि तोकेको छ। केन्द्रीय प्रतिनिधि चारै जना अछाम पुगिसकेका नेपाली काङ्ग्रेस अछामका सहसचिव बेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ