arrow

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा डिल्लीराम सुवेदी

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
dilliram-education.jpg

काठमाडौ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको दशौ साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ ।

डिल्लीराम सुवेदीको नेतृत्वमा चयन भएको १७ सदस्यीय कार्य समितिमा उपाध्यक्ष राजेन्द्र पहाडी र सान्त्वना देवकोटा केसी, महासचिव लाल बहादुर ओली, सचिव सुदर्शन सिग्देल र कोषाध्यक्ष टिकाराम आचार्य रहेका छन्नु। 

समिति सदस्यमा निवर्तमान अध्यक्ष कुमार भट्टराई, शुभेन्द्रमान श्रेष्ठ, लवराज ओलीे, डा आनन्द पौडेल, सत्या कुँवर रावल, कुन्ती राणा, डा लक्ष्मी पौड्याल, पार्वती तामाङ, समिता मल्ल, लक्ष्मण शर्मा र दुर्गा गिरी चयन भएका छन्।

साथै प्रदेश समितिमा संयोजकका रुपमा राजेन्द्र प्रसाद ढकाल, प्रदेश नं १, राम प्रवेश शाह, प्रदेश नं २, प्रकाश खतिवडा, प्रदेश नं ३, इन्दिरा पौडेल, गण्डकी प्रदेश, हरि अधिकारी, प्रदेश नं ५, तुलाराम पाण्डे, कर्णाली प्रदेश र उद्धव सिंह ढाट, सूदुर पश्चिम प्रदेश चयन भएका छन्।

नयाँ कार्य समितिले एनसिई नेपालको विधान वमोजिम आगामी ३ बर्ष कार्यकालका लागि काम गर्ने छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ