arrow

प्रभु मनि ट्रान्सफरबाट पैसा पठाउँदा सिजीको सामान खरिदमा छुट पाइने

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
prabhu1.png

काठमाडौं । रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससँगको सहकार्यमा आफ्ना ग्राहकहरुलाई सिजी ईलेक्ट्रनिक्सका विभिन्न ब्राण्डहरु एलजी,सिजी, गोदरेज, टीसीएल आदि इत्यादि सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । 

उक्त योजना अनुसार नेपालभित्र तथा बाहिरका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुने कम्पनीले जनाएको छ । आफ्ना सन्तुष्ट ग्राहकहरुलाई पूर्ण सुविधा दिदैँ आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले यो व्यवस्था ल्याएको हो । 

यस अन्तर्गत कुनै पनि ग्राहकले प्रभुमनि ट्रान्फरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिईने रसिद लिएर सिजी ईलेक्ट्रनिक्सका कुनै पनि शोरुमहरु सिजी डिजीटल  तथा एलजी लाईफस्टायल शोरुम बाट टिभी, फ्रिज वाशिंग मेशिन तथा अन्य घरायसी सामाग्रीहरु खरिदगर्दा आकर्षक छुट प्राप्तगर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र लागु हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ