arrow

पहिले कांग्रेस नेताहरुमा जागरण हुनुपर्ने कार्यकर्ताको सुझाव

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
jagaran_photo_bajhang.jpg

 बझाङ । जननायक वीपी कोईरालाको १०६ औ जन्म जयन्तीको अबसर पारि आयोजना गरिएको नेपाली कांग्रेस बझाङको राष्ट्रिय जागरण अभियानको उद्घाटन कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले नेपाली कांग्रेसका नेता तथा अगुवा कार्यकर्तामा पहिले जागरण आउनुपर्ने बताएका छन् । सदरमुकाम चैनपुर स्थित पाटी कार्यालयमा भएको कार्यक्रममा बोल्ने कांग्रेसका कार्यकर्ताहरुले काग्रेसका नेताहरु पछिल्लो समयमा सुस्ताएको र संगठन बिस्तारमा नलागेको बताउदै जागरण कार्यक्रममा नेताहरुले नै पहिले जाग्नु पर्ने बताएका हुन् ।

बर्तमान परिबेसमा कांग्रेस स्थानीय , प्र्रदेश र संघमा प्रतिपक्षको भुमिकामा भएकाले काग्रेसले तिनै तहका सरकारले गरेका गलत कुराको खरोरुपमा  भण्डाफोर गर्न नसकेकाले  नेता तथा अगुवा कार्यकर्ताहरुमा जागरण आउनु पर्ने बताएका हुन् । सरकारले गरेका गलत कुराहरुका बारेमा जनताका बिचमा गएर बुझाउनउनु पर्नेमा कार्यकर्ताहरुले जोड दिएका छन् । पहिलो चरणको राष्ट्रिय जागरण अभियानको समिक्षा गर्दै बझाङ काग्रेसले यसपालीको जागरण कार्यक्रम फरक तरिकाले वडा तथा टोल टोल सम्म सन्देश जाने हिसावले गर्ने निस्र्कष निकालेको छ ।

नेपाली काग्रेस जिल्ला कार्य समिती सदस्य ज्ञान बहादर बोहराले भने पहिलो चरणमा हामी नेता तथा अगुवा कार्यकर्ताहरुमा जागरण गराउनु अनिबार्य भएको छ र पहिलो चरणको जागरण अभियानमा हामीले कती नेता तथा कार्यकर्ता जगायौ त्यसको समिक्षा हुन जरुरी रहेको छ ।  उनले भने जागरण कार्यक्रममा कार्यकर्ताहरुको गुनासो तथा समस्या सुन्ने गरेर नयाँ तथा फरक ढंगले जागरण कार्यक्रम गर्नु पर्ने धारण राखे ।

पछिल्लो समयमा कम्युनिस्ट सरकार प्रति जनताको ब्यापक ढंगले निरासा बढेकाले काग्रेस प्रति आर्कशण बढेकाले काग्रेसका नेताहरुले आफ्ना कमजोरीहरुलाई सच्याउदै जानु पर्ने कार्यकर्ताहरुले सुझाव समेत दिएका थिए । नेपाली काग्रेस बझाङ काठमाण्डौ सम्र्पक समितीका अध्यक्ष समशेर बहादुर बमले पनि नेताहरुमा जागरण आउनु पर्नेमा जोड दिए । उनले भने पद लिदा खेरी लागालाग गर्ने जिम्मेबारी आईपर्दा भाग्ने प्रकृयाले पाटीलाई फाईदा नहुने धारणा राखे । जागरण अभियानमा पाटीका भातृ तथा शुभेच्छुक संस्थाहरुका पदाधिकारीहरुले आ आफ्नो ठाँउबाट सहयोग गर्न समेत बलमे आग्रह गरे । संबिधान सभा सदस्य चन्दा देबी जोशीले कम्युनिस्ट सरकार भष्ट्राचारमा लिप्त भएको बताउदै त्यसको सबैले प्रतिकार गर्न आबस्यक रहेको समेत बताए ।

पाटीका कार्यक्रम सिबाय बाँकी समय काठमाण्डौमा रहने , जनताका समस्या बाट काग्रेसका नेताहरु टाढा रहने गर्नाले पनि बझाङमा काग्रेस कमजोर भएको कार्यकर्ताहरुको भनाई छ ।नेपाली काग्रेसका पाटी शभापती हर्कजंग बहादुर सिंहले यस जागरण कार्यक्रमले नेपाली काग्रेसमा गुट उपगुटको अन्तय भएको सन्देश दिनु पर्ने बताए । उनले एकले अर्कालाई दोष दिनु भन्दा पनि यो समय जस र दोष दिने समय नभएको बताउदै सबैलाई न्याय र सबैलाई न्याय हुने खालको बतावरण सिर्नना गर्नु पर्ने धारण राखे ।

जनतामा भएको निरासालाई काग्रेसले बुझेर आगामी दिनको रणनिती तय गर्न समेत कार्यकर्ताहरुले सुझाव दिएका थिए । पूर्व परराष्ट्र राज्य मन्त्री अर्जुनजगं बहादर सिंहले काग्रेसले बिचारका हिसावले पराजय नभोगेको बताउदै हामी भित्रका कमी कमजोरीलाई हटाउदै नयाँ शिराबाट संगठनलाई मजबुद बनाउदै जनमुखी भएर लाग्नुपर्ने धारणा राखे । उनले भने सरकार प्रति जनताको निरासा के हो र त्यसमा काग्रेस प्रतिको अपेक्षाहरु के के छन् ती कुराहरु बुझेर जानुपर्ने बेला समेत आएको मन्त्री सिंहले बताए । जगरण कार्यक्रमका प्रतिनिधी पदम बहादुर शाहीले हिजोका ऐतिहासिक परिबर्ततनको सस्थागत गर्न काग्रेसले नयाँ ढंगबाट जानु पर्ने जोड दिए । कार्यकर्तालाई उत्सहित बनाई जागरण कार्यक्रममले नयाँ उर्जा समेत दिने धारणा राखे ।

जागरण कार्यक्रममा एक सय ६ वटा बिरुवा रोपेर कार्यक्रमको समुद्घाटन गरिएको छ भने कार्यक्रममा नेबिसंघका नेता खगेनद्र खड्का, महिला संघबाट सरस्वती जोशी , दलित नेता गोबिन्द्र नेपाली , दलित संघका अध्यक्ष धर्मराज रसाईली ,काग्रेसका यूवा नेता ज्ञान बहादुर बोहरा , समशेर बम लगायतले आफ्नो धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ