arrow

एनआरएनए कोरियामा जनसम्पर्क समितिबाट एउटै उम्मेदवार बनाउन पहल

logo
प्रकाशित २०७६ भदौ २५ बुधबार
njs-korea-nrn.jpg

दक्षिण कोरिया। गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको अधिवेशनमा नेपाली काँग्रेस निकट उम्मेदवार एउटामात्र बनाउन पहल सुरु भएको छ। आगामि सेक्टेम्बर २१ देखि सुरु हुने अधिवेशनमा नेपाली काँग्रेस निकट विपिन गुरुङ र बुद्धि गुरुङ दुबैले अध्यक्ष पदमा उम्मेदवारि घोषणा गरेपछि जनसम्पर्क समितिलाई सकस परेको छ भने  कार्यकर्ताहरु अन्योल छन्।

यस्तो अवस्थाको अन्त्य गरि एउटा मात्रै उम्मेदवार बनाएर अगाडि बढन जनसम्पर्क समिति दक्षिण कोरियाका निवर्तमान सभापति गिरिराज कुँवरले दिवाभोजको आयोजना गरेका छन। दिवाभोजमा पार्टीको तर्फबाट साझा उम्मेदवार बनाउने वातावरण बनेको प्रतिक्रिया छ। निरन्तर छलफल जारि रहेको र छिट्टै एउटै उम्मेदवार घोषणा गरिने छ, गिरिले भने। दिवा भोजमा ७० भन्दा बढि नेता कार्यकर्ताको  सहभागीतामा घनिभुत छलफल भएको थियोे।

गिरिले आयोजना गरेको दिवाभोजले साथीहरू विचको संवादहिनताको अवस्थालाई न्युनिकरण गरि सकारात्मक सन्देश दिएको जनसम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था बिन्दु मल्लले बताइन। दुई जना उम्मेदवार एउटै पार्टी निकट भएर उठेपछि मिलाउन समस्या भएको बेला दिवाभोज जमघटको सन्देश सकारात्मक जाने सभापति मल्लले बताइन।

निवर्तमान सभापति गिरिराज कुँवर चुनावी परिणाम आफ्नो पक्षमा बनाउन र कुटनैतिक योजनामा सफल ब्यक्तिको रुपमा कोरियामा परिचित मानिन्छन्। कोरियाका सामाजिक संघ संस्थाहरुको नेतृत्व कसको पोल्टामा पार्ने कुरामा समेत गिरिको प्रमुख हात रहदै आएको कारणले पनि यसपटक उनको रणनीतिक महत्त्वपूर्ण मानिने छ। गिरिको पहलले जनसम्पर्क समितिसँग आबद्ध तथा  शुभचिन्तकलाई खुसि बनाएको सबैतिर प्रतिक्रिया छ।

गिरिले सोमबार फेसबुकमा लेखेका छन,दुई जना जनजातिका गुरूङ उम्मेदवार त्यो पनि कॉंग्रेस मिलेको हेर्न नचाहनेहरूको फोन दौडे कै छ। चिन्ता नगर्नुस मिली सकेको छ, सन्दर्भ एनआरएन। उनको फेसबुकमा विभिन्न प्रतिक्रिया आएका छन्। दिवाभोज र गिरिको फेसबुक स्टाटसले दक्षिण कोरियाको चुनावी माहोल थप तातिरहेको छ।

विपिन गुरुङ हालको एनआरएनका बरिस्ठ उपाध्यक्ष हुन भने बुद्धि गुरुङ अघिल्लो अधिवेशनमा अध्यक्षका प्रत्यासि थिए। आन्तरिक रुपमा जनसम्पर्क समितिले बिपिन गुरुङलाई अध्यक्षको आधिकारिक उम्मेदवार मानेर अगाडि बढने निर्णय गरेको भनेपनि बाहिर प्रचार हुन सकेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ