arrow

मृतकका परिवारलाई ५१ हजार

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1655920409.jpeg
गौशाला । प्रवासी मिथिला समाज कल्याण दोहा कतारले मधेस आन्दोलनका क्रममा महोत्तरीमा मारिएकामध्ये सबैभन्दा गरिब व्यक्ति जलेश्वर नगरपालिका– १४ बस्ने अमितकुमार कापरका परिवारलाई रु ५१ हजार आर्थिक सहयोग गरेको छ । 

महोत्तरीको सदरमुकाम जलेश्वरमा भदौ २३ गते प्रहरीको गोली लागि ज्यान गुमाएका कापरका पीडित परिवारलाई आइतबार प्रवासी मिथिला समाज कल्याण दोहा कतारका सदस्य धनुषा जिल्लाको सबैला नगरपालिका– ४ सतोषर बस्ने रवीन्द्र उदासीले नगद रु ५१ हजार आर्थिक सहयोग गरेका हुन् । 

मिथिला क्षेत्रको धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहितका जिल्लाबाट दोहा कतारमा वैदैशिक रोजगारीमा रहेका व्यक्तिहरुले सहयोग रकम चन्दा उठाएर मधेस आन्दोलनमा मारिएका गरिब परिवारलाई सहयोग गर्न सदस्य उदासीलाई पठाएको छ । 

सोहीअनुरुप समाजका सदस्य उदासीले जलेश्वर– १४ का मृतक अमितकुमार कापरकी पत्नी मन्तोरिया कापरलाई रु ५१ हजार नगद प्रदान गरेका हुन् । मधेस आन्दोलनका क्रममा महोत्तरीको सदरमुकाम जलेश्वरमा भदौ २३ र २५ गते प्रहरीको गोली लागि छजना सर्वसाधारण मारिएकामा अमितकुमार कापर सबैभन्दा गरिब परिवारका थिए । 

एक पत्नी, दुई छोरा, आमा, बुबा र तीनजना भाइ एक्लो आम्दानी गर्ने अभिभावक अमितकुमार कापर मारिएपछि कापर परिवार अस्तव्यस्त बनेको बेला यस सहयोगले राहत महसुस भएको अमितका बुबा रामवृक्ष कापरले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ