arrow

युनएचसिआरको वैठकमा पाकिस्तानी नागरिकले नै भने गिलिगिट बाल्टिस्तान भारतको अभिन्न अंग

logo
प्रकाशित २०७६ भदौ २५ बुधबार
h-seiring.jpg

जेनेभा। जेनेभामा जारी संयुक्त राष्ट्र मानवअधिकार परिषद युएनएचसीआरको ४२औं वैठकमा एक पाकिस्तानका नागरिक तथा अधिकारकर्मीले पाकिस्तानलाई झड्का दिने अभिव्यक्ति दिएका छन्। पाकिस्तानबाट अलग हुने माग राख्दै आन्दोलन गरिरहेको गिलिगिट बाल्टिस्तानका एक अधिकारकर्मी एच सेरिङले युएनएचसीआरको वैठकमा गिलिगिट बाल्टिस्तानलाई भारतको भाग भने। 

सेरिंगले मानवाधिकार परिषदको वैठकमा गिलगिट बाल्टिस्तान भारतको अभिन्न हिस्सा भएको बताएका हुन। उनले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई सम्झाउँदै भने बर्षौदेखि गिलगिट बाल्टिस्तान भारतको अभिन्न हिस्सा बन्नलाई पाकिस्तान वाधक बन्दै आइरहेको छ।

जम्मु काश्मिरमा संविधानको अनुसूची ३७० हटाएपछि सो मुद्धालाई अन्तराष्ट्रिय मञ्चहरुमा लगिरहेको पाकिस्तान आफै ति मञ्चहरुमा अप्ठ्यारोमा पर्न थालेको छ। मानवाधिकार परिषदको वैठकमा गिलगिट बाल्टिस्तानका अधिकारकर्मी सेरिंगले दिएको यो अभिव्यक्तिले पाकिस्तान रक्षात्मक अवस्थामा पुगेको हो। 

सेरिंगले जेनेभामा जारी मानवाधिकार मञ्चमा पाकिस्तान सरकार र तीनका सुरक्षा निकायहरुले गिलिगिट बाल्टिस्तानका स्थानियहरुको मानवअधिकारको हनन गर्दै दमनको चक्र चलाएको बताएका थिए। उनले जम्मु कश्मिरलाई विवादित क्षेत्र भन्ने नैतिक आधार पाकिस्तानलाई नभएको समेत बताए।

गिलगिट बाल्टिस्तानका अधिकारकर्मीहरुले पाकिस्तानी सुरक्षा निकाय तथा पाकिस्तानी सेनाले त्यहाँ दमनको चक्र चलाइ स्थानिय नागरिकमाथि दमन जारी राखेको बताएका छन्। उनीहरुले पाकिस्तानी सेनाले स्थानिय अधिकारकर्मी तथा आन्दोलनकारीहरुलाई गोली हान्ने निशानाको रुपमा समेत प्रयोग गर्ने गरेको बताएका छन्। आफ्नै देशभित्र मानवअधिकारको चरम हनन गरेको देशले अर्कालाई चोर औंला देखाउनुको कुनै अर्थ नरहेको गिलगिट बाल्टिस्तानका अधिकारकर्मीहरुले पाकिस्तानलाई सुझाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ