arrow

गुड्दै गरेको बसलाई रोकेर आगो लगाएपछि भयो यस्तो

आगजनीको कारण र कर्ता खोज्दै प्रहरी

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार

नवलपरासी। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा अज्ञात समुुहलेे आगजनी गरेेेको छ। 

महेन्द्रनगरबाट काठमाडौंतर्फ जादै गरेको ना ६ ख ८४५३ नम्वरको यात्रुबाहक बसमा अज्ञात समुहले विहिवार बिहान ५ बजे बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगजनी गरेको हो। बसमा सवार यात्रुहरु सुरक्षित रहेका छन् ।

आगजनीबाट बसमा लाखौंको क्षती भएको छ। थप बिवरण आउन बाकी रहेको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

गन्तव्यमा गइरहेको सवारीलाई रोकेर कस्ले कुन प्रयोजनको लागि आगजनी गर्यो खुल्न सकेको छैन्।आगजनी पछि यात्रुहरू भने डरमा देखिएका थिए।

आगजनी कसले किन गर्यो भन्ने खुल्न नसकेको र घटनामा संलग्नहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ