arrow

क्यारिबियन लिगमा सन्दिपलाई ‘प्लेयर अफ म्याच’ उपाधि

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
sandeep5.jpg

काठमाडौं। क्यारिबियन लिगमा खेलिरहेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बारबाडोस ट्रिडेन्ट्सका लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ३ विकेट लिंदै आफ्नो टोलीलाई जित तर्फ अग्रसर गराएका हुन्। उनी प्लेयर अफ दि म्याच घोषित भएका हुन्।

सन्दिपले ४ ओभरमा २२ रन खर्चिंदै ३ विकेट लिएका हुन्। उनले सेन्ट किट्स एण्ड नेविस पेट्रोईट्सका कप्तान कार्लोस ब्राथवेट, शामर ब्रुक्स र लाउरी ईभान्सको विकेट लिएका हुन्। उक्त टोलीका तीन प्रमुख ब्याट्सम्यानहरुको विकेट लिन सन्दिप सफल भएका हुन्।

सन्दिपको उक्त प्रदर्शनले बारबाडोसले पेट्रोईट्सलाई १८ रनले पराजित गरेको हो। पेट्रोईट्स २० ओभरमा १ सय ६९ रनमा समेटिएको थियो। बारबाडोसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा २ विकेटको नोक्सानीमा १ सय ८६ रन बनाएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ