arrow

एनसेलको करछली सदन देखि सडकसम्म उठाउँछौं : राप्रपा

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
rpp-ncell.jpg

काठमाडौं। एनसेल करछलीको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आज पदाधिकारी बैठकमा विस्तृत छलफल गरेको छ। नेपालको सवै भन्दा ठूलो भ्रष्टाचार प्रकरणका बिषयमा पार्टीले पूर्वगृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गरी बैठकमा प्रस्तुति गर्न जिम्मेवारी दिएको थियो।

आज पदाधिकारी बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्ष समेत रहेका निरञ्जन थापाले एनसेल करछली बिषयमा विस्तृत विवरण प्रस्तुत गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

यस बिषयमा अत्यन्त गम्भिरताका साथ छलफल भएको “यो करिब ४० अरबको चलखेलको बिषय हो, यो सामान्य बिषय होइन, ब्रम्हलुटको बिरुद्धमा आवाज उठाउनु हाम्रो जिम्मेवारी र कर्तब्य हो। यस बिषयलाई राप्रपाले संसददेखि सडकसम्म लैजान्छ, संघर्ष गर्छौ ”भन्ने बैठकको निष्कर्ष रहेको बर्तौलाले बताए। कमल थापाको अध्यक्षतामा बसेको बैठकमा काठमाडौंमा रहेका पदाधिकारिको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ