arrow

विज्ञान प्रबिधिको प्रयोगमा जोड

logo
प्रकाशित २०७६ भदौ २६ बिहिबार
nabindra.jpg

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ,पूर्व उद्योग मन्त्री ,गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले विज्ञान प्रबिधिको प्रयोगमा जोड दिएका छन्  ।

राजधानीमा शान्ति निकुञ्ज माविमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको काठमाडौ क्षेत्र नं ८ का सामुदायिक  विद्यालयहरुमा अर्दिनो र रोबट्याक्स प्रशिक्षण प्रमाण पत्र वितरण तथा प्रदर्शनी कार्यक्रममा बोल्दै जोशीले प्रबिधिको सुरक्षित तवरले प्रयोग गर्दै समुन्नत नेपाल बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

उनले आजको युग विज्ञान र प्रबिधिको भएको र समय सापेक्ष हामी विज्ञान प्रबिधिप्रति मित्रता गर्नुपर्नेमा जोशीले जोड दिदै विज्ञानमा पहुँच नभएका निम्नवर्गको पहुँच पुर्याउन पर्नेमा सरकार त्यसतर्फ उदासीन रहेको आरोप लगाए ।

कार्यक्रममा काईचो ग्रुप सहित सहभागी विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ