arrow

बार्सिलोनालाई रियाल मड्रिडले घरेलु मैदानमै पिट्यो, रोनाल्डोको गोल निर्णायक

‘सेलाए बार्सा स्टार’ : ‘रियालको सन्देश’ दावेदारी जिवित छ !

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
Javier.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनालाई स्तब्ध बनाएको छ । बार्सा घरेलु मैदान नउ क्याम्पमा २–१ ले पराजित भएको हो । उकृष्ठ लयमा रहेको बार्सा यसअघिको खेलमा बराबरीमा रोकिएकामा शनिबार रातिको खेलमा परापजित हुन पुग्यो । गएको साता भएको खेलमा बार्सिलोना भिल्ला रियलसंग २–२ को बराबरीमा रोकिएको थियो । यो हारसंगै बार्साको अग्रता बलियो बनाउने प्रयास विफल भएको छ । 
 
शनिबार घरेलु मैदानमा बार्साका जेरार्ड पीकुले टोलीलाई अग्रता दिलाएपनि अन्ततः हार जोगिएन । पहिलो हाफ गोल रहित बराबरीमा सकिंदा दोस्रो हाफपछी ५६औं मिनेटमा पीकुले गोल गरे । ६३औं मिनेटमा रियालका करिम बेन्जेमाले गोल  फर्काउँदै १–१ को बरारबरी गरे ।सनसनीपूर्ण खेलमा रियालका सर्जिओ रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएको एक मिने नवित्दै मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले ८५औं मिनेटमा निर्णायक गोल गरे । १० खेलाडीमा सिमित रियाललाई बार्साले बाँकी समयमा समेत टक्कर दिन सकेन । 
 
रियाल मड्रिडका स्टार रोनाल्डो र बेन्जेमाले गोल गर्दा बार्सा स्टार लियोनल मेसी, लुइस सुआरेज र नेमारले थुप्रै प्रयास गरेपनि गोल गर्न सकेनन् । जसकारण बार्सा प्रबन्धक लुइस एनरिक तनावमा रहे । उता, यसै सिजन रियालको प्रशिक्षण सम्हालेका जिनेदिन जिदान बार्साविरुद्धको खेलमा खेलाडी भन्दा बढी आक्रामक देखिए । आक्रामक स्वभावका जिदानले आफुलाई अरु प्रशिक्षकसंग नदाज्न भन्दै आएका छन् । 
 
इएल क्लासिको भनेर चिनिने प्रतिष्ठीत क्लब फुबल ला लिगामा बार्सिलोनाविरुद्ध जित निकाल्दै रियाल मड्रिडले आफ्नो उपाधि दावेदारी जिवितै रहेको सन्देश दिएको छ । यद्यपि, अंक तालिकामा बार्साभन्दा ७ अंकले पछि परेको रियालले व्यवहारिक रुपमा उपाधि जित्ने सम्भावना भने निकै न्यून छ । ला लिगाको अन्य खेलमा एथ्लेटिको मड्रिडले रियाल बेटिसलाई ५–१ को फराकिलो अन्तरले हरायो । लस पल्मसले भ्यालेन्सियालाई २–१ ले हराउँदा सेल्टा भिगो र डेपोर्टिभो लाकोरुनाले १–१ को बराबरी खेल्दै अंक बाँडे । यी खेलसंगै लिगको अंक तालिकामा ३१ खेलबाट ७६ अंक जोडेको बार्सीलोना शीर्ष स्थानमा कायमै छ । ७० अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो तथा ६९ अंक जोडेको रियाल मड्रिड तेस्रो स्थानमा छ । यो संगै ला लिगा रोचक बन्दै गएको छ । 
 
Gerard Pique finally breaks the deadlock to a cagey affair with a thunderous header to put Barca 1-0 ahead 
 
Karim Benzema gets the visitors back into the contest with an acrobatic effort in the Barca box 
 
Barca striker Luis Suarez is shown a yellow card during the ill-tempered Clasico clash 
 
Barca keeper Claudio Bravo rises high to claim a corner as both sides chased a breakthrough goal 
 
Messi tries to evade the clutches of Real and Germany midfielder Toni Kroos 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ