arrow

कस्ले जित्ला विश्वकप टि–ट्वेन्टीको उपाधि ? ‘इङ्गल्याण्ड वा वेष्टइन्डिज’

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
T--20-FNL.jpg.jpeg
एजेन्सी । भारतमा जारी आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेटको उपाधि छिनोफानो आइतबार साँझ हुँदै छ । कोलकाताको इडेन गार्डेनमा साँझ सवा ७ बजे हुने फाइनलमा इङ्गल्याण्ड र वेष्ट इन्डिज भिड्दै छन् । 
 
कडा प्रतिस्प्रर्धी इङ्गल्याण्ड सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउँदै फाइनलमा पुग्दा वेष्ट इन्डिजले आयोजक भारतलाई स्तब्ध पार्दै उपाधि यात्रा तय गरेको हो । रोचक त के छ भने सेमिफाइनलमा दुबै टोलीले सात–सात विकेटको शानदार जित दर्ता गर्दै उपाधि भिडन्त पक्का गरे । वेष्ट इन्डिजले भारतलाई हराउँदा इङ्गल्याण्डले समूह चरणमा भारत, अष्ट्रेलिया र पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा पुगेको न्यूजिल्याण्डलाई स्तब्ध पारेकाले दुबै उच्च मनोबलका साथ मैदान उत्रँदै छन् । इङ्गल्याण्ड इआन मोर्गन तथा वेष्ट इन्डिज डरेन सामीको कप्तानीमा मैदान उत्रने छ ।
 
यी दुबैले एक–एक पटक ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि जितिसकेका छन् । इङ्गल्याण्डले वेष्ट इन्डिजमा सन् २०१० मा भएको विश्वकप टि–ट्वेन्टीमा  अस्ट्रेलियालाई सात विकेटले स्तब्ध पार्दै उपाधि कब्जा गरेको थियो । वेष्ट इन्डिज श्रीलंकामा सन् २०१२ मा भएको विश्वकप टि–ट्वेन्टीमा घरेलु टोलीविरुद्ध ३६ रनको रोमाञ्चक जित निकाल्दै उपाधि चुम्न सफल भयो । यद्यपि, इङ्गल्याण्ड र वेष्ट इन्डिजबीचको हाल सम्मका भिडन्त हेर्दा इङ्गल्याण्डनै बलियो देखिन्छ । तर,  वेष्ट इन्डिज यो खेल जितेर दुई पटक टि–ट्वेन्टी जितेको इतिहास रच्ने दाउँमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ