arrow

तीन सरकारबीचको टकराब कहिलेसम्म ?

logo
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
CM._Mahendra_Shahi_.png

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संविधान जारी भएको चार वर्ष वित्दासम्म पनि केन्द्र, प्रदेश र स्तानिय तहबीचको टकराबले गुणात्मक विकासको चाहना तुइको बताएका छन् । शुक्रबार काठमाडौंको संवाद डबलीले मुख्यमन्त्री शाहीसंगको सात्क्षात्कार कार्यक्रममा सो चिन्ता व्यक्त गरेका हुन् ।

मन्त्री शाहीले संविधान जारी भएको एक वर्ष भित्रमा संघिय कानून बनि सक्नु पर्नेमा हालसम्म पनि कानूनी र नीतिगत अन्योलताले घरगरेको धारणा राख्दै भने,“कानूनी जटिलताले जनताको चाहना र नयाँ व्यवस्थाको मर्म अनुसारको विकास र स्थायित्व अगाडी बढ्न नसक्नु दुर्भाग्य हो ।”

उनले तीन सरकारबीचका साझा अधिकार र सूचिका बारेमा जानकार भए पनि कार्यान्वयनमा समस्या रहेको जिकिर गरे, मुलत पुरानो शासन व्यवस्थाप्रति लैश व्यक्तिहरु नयाँ व्यवस्थाई स्थापित गर्न अनाकानी गरिरहेको आरोप समेत लगाए ।

मुख्य मन्त्री शाहीले स्थायी सम्रचना बनाउने, स्थानिय स्रोत–साधनको विन्यासको लगायतका विषयमा पनि संविधानले बाटो खोले पनि केन्द्र सरकारको ढिलासुस्तिले संका उब्जाएकोसमेत धारणा राखे । हरेक कुराको जग कानूनी अन्यौलता नै रहेको प्रष्ट्याउँदै भने, “आज राज्यको क्षमता भन्दा बढी माग छ, हाम्रा सिमा र बाध्यता कस्ले बुझ्ने, सबैलाई खुसि पार्नु पर्ने विगतको संस्कारको कारण कोहि खुसि बन्न सकेको छैनन् ।” यस्तो अवस्थामा केन्द्र सरकारले छिटो भन्दा छिटो काम कारबाही अगाडी बढाएर जिम्मेवार बन्नु पर्ने धारणा रखेका छन् ।

एनजियो र आइएनजियोहरुको बारे कटाक्ष गर्नु हुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा भने,“एनजियोहरुले आज मानिसहरुलाई अल्छि बनाएको छ, मन परि अब चल्दैन, मान्नेलाई ठिक छ नमान्नेलाई ठेगान लाउने हो ।” हिजो सबैले अग्र्यानिकतालाई बढावा दिने गरे पनि अहिले स्थानियहरु अल्छि भएको र त्यसको कारक तत्व एनजियो भएको आरोप लगाए । शाहीले एनजियोहरुलाई प्रदेश सरकारको मातहतमा ल्याउने नीति बनेको र नमान्ने र अटेर गर्नेहरुलाई कडा कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिए ।

त्यसैगरी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुण्य प्रसाद रेग्मिले, संघिय राज्य ब्यवस्थाको विषयमा अनुभव नभएका कारण विकास निमार्णले रफ्तार नपकडे पनि अब त्यो विस्तारै परिचित हुन थालेको धारणा राखे ।

 कर्णाली प्रदेशलाई नमुना प्रदेश बनाउने र पाँच वर्ष भित्रमा २ हजार १ सय अमेरिकन डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य हाशिल हुने प्रशस्त आधार रहेको जानाए । रेग्मिले त्यसका लागि आफूहरु ढुक्क रहेको बताउँदै भने,“पूर्वाधार विकास, हाइड्रो पावरमा लगानि, कृषि, स्थानिय पर्यटनमा ध्यान दिए मज्जाले लक्ष्य हासिल हुन्छ ।”  बालवालीकामा लगानि, युवालाई रोजगार र वृद्धलाई सम्मान कर्णाली प्रदेशको नीतिगत  आधार रहेको बताए । त्यसैगरी अग्र्यानिक प्रदेश ऐतिहासिक घोषणा भएको पनि बताए । ‘समृद्ध कर्णाली, सुखारी कर्णाली वासी’ मुल नारालाई साकर कुनै पनि हालतमा सफल गर्ने उनले बताए ।

 कार्यक्रममा कर्णाली प्रदेश योजना आयोग सदस्य डा.दीपेन्द्र रोकाया, अर्का सदस्य योगेन्द्र शाही, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, मुख्य मन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुब बुढाथोकी, कर्णाली विकास आयोगका पूर्व सदस्य दिपक बुढा, वरिष्ट पत्रकार तथा प्राध्यापक बद्री ओझाले देश आत्म निर्भर बनाउने आधार तयार गर्न सुझाए । कार्यक्रममा  हिमालयन कर्नर अग्र्यानिक जोन रेष्टुरेण्ट सात देबाटोले अग्र्यानिक चिया–पानको व्यवस्थापन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ