arrow

कांग्रेसको अवरोध पछि संसद सोमबारसम्मका लागि स्थगित

‘अरिङ्गाल’हरुमाथि कारबाही होस्’

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
congress_parliament.JPG

काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेको घट्नालाई लिएर प्रमुख प्रतिपक्ष दल कंग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। कांगरेसको अवरोध पछि सभामुख कृष्ण बहादुर महराले बैठक भदौ ३० गते  ३ बजेसम्मका लागि स्थगित गरेको घोषणा गरेका छन्।

गृहमन्त्री रामबहादुर थापाले बाँके घट्नमा संलग्नहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाए पनि सांसदहरुले चित्त नबुझाए पछि संसदमा उभिएर बिरोध गरेका थिए।

‘अरिङ्गाल’हरुमाथि कारबाही होस्’

बैठकको सुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बाँके घटनाबारे सरकारको जवाफ मागे ।

सरकारी पार्टीका सदस्यहरुले अर्को पार्टीको सभा विथोल्नु घोर निन्दनीय भएको उनले बताए । घटना हुँदा स्थानीय प्रशासन मौन देखिएको भन्दै उनले योजनाबद्ध त होइन, भन्ने प्रश्न गरे । जागरण अभियानलाई प्रभाव पार्ने उद्देश्यले आक्रमण गरेको भन्दै उनले भने, ‘यस्तो घटनाबाट विचलित भएर अभियान रोक्दैनौं ।’

जवाफ दिएका गृहमन्त्री थापाले घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

प्रश्नउत्तरका क्रममा कांग्रेस सांसदहरुले भने गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको बताए । घटनामा संलग्नहरुबारे किटानी जाहेरी दिएको भन्दै उनीहरुले ‘अरिङ्गाल’हरुलाई कारबाही हुन्छ कि हुन्न प्रष्ट जवाफ दिन माग गरेका छन् ।फेरि जवाफ दिन रोष्टममा पुगेका गृहमन्त्री थापाले नेकपाको निर्देशनमा घटना नभएको बताए । तर नेकपाका कार्यकर्ता संलग्न हुनसक्ने भन्दै कारबाही गर्ने दोहोर्‍याए ।

तर उनको जवाफमा कांग्रेसले चित्त बुझाएन । किटानी जाहेरी दर्ता गर्न निर्देशन दिएपछि मात्र संसद चलाउन सहयोग गर्ने सचेतक पुष्पा भुसालले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ