arrow

हृदयघातले ४० वर्षे छोराको मृत्यु भएपछि वियोग सहन नसकेका पिताद्धारा आत्महत्या

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
Rampur_Nagarpalika.png

पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं १० हेक्लाङ्गमा छोरो गुमाएको शोकमा एक बृद्ध बुवाले आत्महत्या गरेका छन् ।

गत शनिबार राति हृदयघातका कारण निधन भएका पाल्पा तान्सेनस्थित सुर्योदय टेलिभिजनका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाका बुवाले सोमबार बिहान आत्महत्या गरेका हुन् । 

घरसँगै रहेको लिचिको रुखमा झुण्डिएर बिहान ३ बजेतिर उनले आत्महत्या गरेको स्थानीय छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिए । तीन दिनको अन्तरमा बाबु र छोराको निधन भएपछि अहिले गाँउ पुरै शोकमग्न भएको उनले बताए ।

पाल्पा सदरमुकाम तान्सेनको बारुदखानमा रहेको आफ्नै निवासमा हृदयघातका कारण ४० बर्षिय कृष्णको निधनपछि शोकाकुल ६५ बर्षिय बुवा भिमराज तिमिल्सिनाले आत्महत्या गरेका हुन् । 

गाउँका मेहनेती कृषक भिमराजले पहिलेदेखि नै छोरा कृष्णप्रति गौरब र सन्तुष्टी व्यक्त गर्थे । तर त्यही छोरोको निधन भएपछि निराश भएको छिमेकीहरुले बताएका छन् । उनका छोरा कृष्ण झण्डै ७ बर्षदेखि टेलिभिजनको अध्यक्ष हुनुका साथै मिसन अस्पतालको नसिङ्ग कलेज, मेलेनियम कलेज लगायतमा लामोसमयदेखि गणित विषयको प्राध्यापक थिए ।

तान्सेनमा श्रीमतीसँगै बस्दै आएका तिमिल्सिना पाल्पामा भद्र, मिलनसार र मेहनेती आशा लाग्दो सामाजिक तथा बौद्धिक युवाका रुपमा चिनिन्थे । कृष्णकी आमा अशक्त छिन् भने भाइबहिनीहरु परिवारसहित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ