arrow

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
parliament_of_nepal.png

काठमाडौं। नेपाली कांग्रेसको अवरोध पछि संसद बुधबार ११ बजेसम्मका लगि स्थगित भएको छ। प्रमुख प्रतिपक्षले बाँके प्रकरणलाई लिएर निरन्तर समसद अवरोध गरिरहेको थियो।

नेपाली कांग्रेससँगको सहमति पछि सुचारु भएको प्रतिनिधि सभा बैठक नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाए पछि पुन अवरोध भएको थियो।

बाँकेको घट्नलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले खजुरा १का वडा अध्यक्ष सुमन मल्ल बिरुद्ध जाहेरी दर्ता भएपछि बैठक संचालन भएको थियो। बैठक सुचारु भए पछि कांग्रेस सचेतक पुष्पा भुसालले बोले पछि नेकपा सांसद नन्दलाल रोकाले आपत्ति जनाए पछि कांग्रेसले सदन अवरुद्ध पारेको थियो।

सांसद रोकाले आफुहरु आन्दोलन गर्न समेत तयार रहेको जनाउँदै वडाअध्यक्ष मल्ललाई कारवाही गर्न नपाउने र घट्ना अनुसन्धान गर्न समिति बनाउने माग गरेका थिए। कारवाही गर्न नपाउने भनेपछि कांग्रेसले रोस्टम घेरेर नारावाजी गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ