arrow

गरिमा बैंकबाट खानेपानीलाई फिल्टर सहयोग

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ भदौ ३० सोमबार
Filter.jpg

स्याङ्जा । बैंकहरु कमाउने मात्र होइन सामाजिक सहयोगमा पनि तल्लिन हुन्छन् भन्ने उदाहरण देखिन थालेको छ । यसको उदाहरण देखाउने बैंक हो गरिमा विकास बैंक । स्याङ्जाको वालिङबाट स्थापना भएको गरिमा विकास बैंक लिमिटेडले वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई फिल्टर सहयोग गरेर सामाजिक उदाहरण प्रस्तुत गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख बराबरको आर्थिक सहयोगबाट खानेपानी फिल्टर खरिद गरीएको हो । बैंकको ८३ औं शाखा वालिङ १३ झोलुङ्गेमा उद्घाटन गर्ने क्रममा बैंकले खानेपानीलाई फिल्टर सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बताए ।

वालिङ १० फूलबारीमा रहेको खानेपानी ट्याङ्कीमा हालै जडान गरिएको फिल्टरको उद्घाटन वालिङ नगर प्रमुख तथा बैंकका पुर्व अध्यक्ष समेत रहेका दिलिपप्रताप खांणले गरे । बैंकले पानी शुद्धीकरणका लागि फिल्टर सहयोग गरी वालिङबासी उपभोक्ताहरुलाई स्वच्छ र सफा पानी उपभोग गर्ने कार्यका लागि महत्वपूर्ण भूमिका खेलेको खाँणले बताए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वालिङ साना शहरी खानेपानीलाई ब्यवस्थित गर्नका लागि खेलेको भूमिकाको खाँणले प्रशंसा गरे । बैंक कमाउमा मात्रै उद्त हुन्छन् भन्ने विषयलाई उदाहरण देखाएर सहयोगी भुमिका खेलेको चर्चा गर्दै अन्य बैंकले पनि यस्ता सहयोगी भावनाहरु अगाडी बढाउन आग्रह गरे । बैंकले वालिङबासीले प्रयोग गर्ने खानेपानीलाई अझै शुद्धता गर्न फिल्टर सहयोग गरेकोमा साना शहरीका अध्यक्ष विद्या श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए । आगामी दिनमा पनि बैंकबाट सहयोग हुने अपेक्षा श्रेष्ठको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ