arrow

पत्रकारको पुनर्बहालीको मुद्दा उठाउदा यसरी समातिए पत्रकार (भिडियो)

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार

काठमाडौं ।  सिंहदरवारबाट पक्राउ गरिएका पत्रकारलाई  महेन्द्र पुलिस क्लवमा ३ घण्टा राखेर छोडिएको छ ।   रेडियो नेपालको कार्यलयमा तलाबन्दी गर्ने निर्धारित कार्यक्रम अनुसार रेडियो नेपालको कार्यलय  पुगेका पत्रकारहरुलाई तीन ट्रक प्रहरी परिचालन गरि पक्राउ गरिएको थियो ।  रेडियो नेपालको कार्यलय परिसरबाट प्रहरीले ९ जना पत्रकारलाई पक्राउ गरेको थियो ।

सोमबार पत्रकारको टोली रेडियो नेपाल व्यवस्थापन पक्षसँग वार्ता गर्ने हेतुले रेडियो नेपालको कार्यालय पुगेका बेला प्रहरीले नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटी, युनियनका केन्द्रीय सदस्य दिलिप पौडेललगायत नौ जना पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैशी, मिन वम, यम विरही, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम र उपाध्यक्ष चक्र कुँवर पक्राउ परेका थिए ।  

नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरेका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएको छ ।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ