arrow

सत्तारुढ नेकपाको मजदुर संघमाथि ट्रेड युनियन कांग्रेसको शानदार जित

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
trade-union-win-parsa.jpg

पर्सा । वीरगन्जको हिमालयन डिष्टिलरी प्रालिको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा ट्रेड युनियन कांग्रेससंग आबद्ध नेपाल कारखाना श्रमिक संघले शानदार जित हासिल गरेको छ । 

सोमबार भएको निर्वाचनमा सत्तारुढ दुई तिहाई नेतृत्वको नेकपाको मजदुर संगठनलाई भारी मतले पराजित गर्दै कांग्रेस आबद्ध श्रमिक संघ विजयी भएको हो । 

सुखाडी यादवको नेतृत्वको नेपाल कारखाना श्रमिक संघले शानदार जित निकालेको नेपाल ट्रेड युनियन कांग्रेस पर्सा जिल्ला अध्यक्ष छोटेलाल प्रसादले जानकारी दिए । 

प्रसादका अनुसार खसेको कुल १८९ मतमा कारखाना श्रमिक संघले ११३ र नेकपा समर्थित संगठनले ७४ मत प्राप्त गरेको थियो । 

दुई मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ