arrow

स्वास्थ्य संस्थाको सोलार वडाध्यक्षको घरमा

logo
जीवन शर्मा,
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
Solar_energy_facts-new.jpeg

ओखलढुंगा ।  सुनकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्षले स्वास्थ्यसंस्थाको सोलार लगेर आफ्नो घरमा प्रयोग गरिरहेका छन् । स्वास्थ्यचौकी बलखुमा प्रयोगमा भैरहेको २ सय वाट क्षमताको सोलार वडाध्यक्ष दीपहरी राईले घरमा लगेर प्रयोग गरेका हुन् । विगत २ महिनादेखि सरकारी सम्पति अध्यक्षले आफ्नो घरमा प्रयोग गरेको विषयमा व्यवस्थापन समिति लगायत सम्बन्धित निकाय मौन छ ।

 स्वास्थ्यचौकी व्यवस्थापन तथा वडा समितिलाई थाहै नदिई अध्यक्षले सार्वजनिक सम्पत्ति आफ्नो घरमा लगेर प्रयोग गरेको विषयमा वडा सदस्यहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष राईले कसैलाइ नभनी सरासर सोलार निकालेर लगेको भन्ने सुनेको छु । वडा सदस्य सहदेव गिरीले भने, ‘यसरी सरकारी सम्पत्ति व्यक्तिले लानु गैह्र कानुनी काम हो ।’ अध्यक्ष आफैले स्वास्थ्यचौकीको सोलार निकालेर लौजानु आफैमा पदीय दुरुपयोग भएको स्थानीयले बताएका छन् ।

तत्कालिन समयमा आर एच डिपीले सहयोग गरेरको उक्त सोलार अध्यक्षले घरमा परिक्षण गर्न भनी लगेपछि फिर्ता नगरेको स्वास्थ्यचौकी इन्चार्ज बरुण झाले बताए । यस विषयमा कुरा गर्न खोज्दा सबै सदस्यहरुलाई भनेर लगेको भन्दै अध्यक्षले छलफल गर्न नचाहेको उनको भनाइ छ । केही समय अघि उक्त स्वास्थ्यचौकीमा २ किलो वाटको सोलार बैकल्पीक उर्जाले सहयोग गरेपछि अध्यक्ष राइले पुरानो सोलार आफ्नो घरमा लगेको स्वास्थ्य चौकी इन्चार्ज झाले जानकारी दिए ।

उक्त सोलास २ महिना अधि देखि उनले छानामा राखेर बत्ती बालिरहेका छन् । स्वास्थ्य संस्थाको सोलार तत्काल फिर्ता गरी सरकारी सम्पत्तिको दुरुपयोग हुन बाट बचाउन अध्यक्ष राइलाई नेपाली कांग्रेसका वडा सभापति ढुंडिराज पहाडीले आग्रह गरेका छन् ।  

सोलार लगेको विषयमा चर्चा चल्न थालेपछि अध्यक्ष राइलाई नैतिक संकट परेकाले पहाडीले बताए ।  सोलार घर लगेर सार्वजनीक सम्पत्तिको दुरुपयोग गरेको विषयमा वडा अध्यक्ष दिपहरी राइले आफुले घरमा बालेको सोलार विग्रीएपछि के समस्स्या आएको रहेछ भन्ने चेक गर्नका लागि स्वास्थ्यचौकीको सोलास घर लगेको बताए । उनले उक्त सोलार फिर्ता गर्ने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ