arrow

सुशील कोइरालालाई मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
sushil_koirala.jpg.jpeg

काठमाडौं । २०६२/०६३को जनाअन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष प्रदान गरिदै आएको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यस वर्ष  पुर्व प्रधानमन्त्री सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पुर्वप्रधानमन्त्री कोइरालालाइ संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृती प्रतिस्ठानले आगामी ३ असोजमा सो पदक  प्रदान गर्न लागेको हो ।

प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए । सो पदक रास्ट्रपति बिद्यादेवि भण्डारिको प्रमुखअतिथ्यतामा विशेष समारोह आयोजना गरि प्रदान गरिने छ ।

गत वर्ष सो पदक लोकतत्रको स्थापनामा महत्वपुर्ण भुमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाइ प्रदान गरिएको थियो भने त्यस अघि पुर्व राष्ट्रपती रामवरण यादव,  संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापती कृष्णप्रसाद सिटौलालाई दिइएको थियो । यसैगरी शान्ती नायक गिरिजाप्रसाद कोइरालालाइ समेत मरणोपरान्त सो पदक प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ