arrow

आत्मविश्वासको कमी भए यसरी बढाउने

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
self-confidence.jpg

काठमाडौं । मानिसहरु विभिन्न प्रकारका हुन्छन् । सबैको स्वभाव एकै किसिमको हुँदैन । केही मानिसहरु क्षमता हुँदाहुँदै पनि आत्मविश्वासको कमीको कारण क्षमताअनुसारको पदमा पुग्न सकिरहेका हुँदैनन् । यस्तोमा मानिसहरुलाई आफ्नो आत्मविश्वास बढाउनु जरुरी हुन्छ । त्यसका लागि निम्न उपायहरु महत्वपूर्ण हुनसक्छन् ।

१‍. शास्त्रमा भनिएको छ कि हामी जस्तो सोच्छौं उस्तै बन्दछौं । हाम्रो सोचले हाम्रो व्यक्तित्व झल्काउँछ । यदि सोच गलत भयो भने कुनैपनि काम ठीकसँग गर्न सकिँदैन । एउटा समान्य अवरोधमा पनि  रिस उठ्ने विषय बन्छ र यसले आत्मविश्वास घट्न थाल्छ ।

२. आफ्नो सोच सकारात्मक छ भने ठुलो कठिनाइबाट पनि मुक्ति पाउन सकिन्छ । सकारात्मक सोचको विकासले काम पूरा हुने आशामा पनि आत्मविश्वास केही बलियो बन्न पुग्छ ।

३. जब हामी कसैसँग कुरा गर्छौं तब हामी पर्याप्त जानकारीको अभावमा हामी बीचैमा चुप लाग्नुपर्ने समस्या परिरहेको हुनसक्छ । यसले हाम्रो आत्मविश्वास कम गराउने गरेको छ । यदि हाम्रो ज्ञानको दायरा बढ्छ भने हामी दोस्रो व्यक्तिसँग विश्वासका साथ कुरा गर्न सकिन्छ । यसका कारण आफ्नो वरिपरी रहेका धेरै विषयबारे जानकारी राख्नु राम्रो हुन्छ । हाम्रो देश तथा विदेशमा भएका साना ठूला घटनाबारे पनि जानकारी राख्दै गर्नुपर्छ । यसको लागि अलगअलग किसिमको किताब पढ्ने पत्रिका पढ्ने जस्ता कामहरुमा सक्रिय हुनुपर्छ ।

४‍. मानिसमा कुनै न कुनै प्रतिभा हुन्छ । आफ्नो प्रतिभालाई चिनेर अघि बढ्नाले पनि मानिसलाई आत्मविश्वासी बनाउँछ । त्यस्तै, आफूले एक पटक गरेको गल्तीबाट पाठ सिकेर अघि बढ्ने बानीले पनि मानिसलाई आत्मविश्वासी बनाउँछ ।

५. लवाइखुवाइले पनि मानिसलाई कत्तिको आत्मविश्वासी छ भन्ने देखाउँछ । समाज अनुसारको कपडा लगाउनु भएको छैन भने तपाईको ध्यान त्यही कपडा तर्फ हुन्छ र तपाईमा आत्मविश्वास कम भएर आउँछ । अर्कोतर्फ तपाईँले आफूले गरेको सानातिना प्रगतिमा पनि अरुले केही नभने पनि आफैंले आफैंलाई भनेपनि स्याबासी दिनुहोस् । यसले तपाईँमा आफूले आफैंलाई विश्वास गर्न सक्नुहुन्छ ।

६. आफूलाई अरुको भन्दा कम नसम्झिनु पनि आत्मविश्वास बढाउने मुख्य कारण हो । आफ्नो सधैंभरी असल साथीको सर्कल बनाउनु, आफैंलाई फिट राख्नु र दोस्रोको सधैंभरी मद्दत गर्ने मान्छेमा आत्मविश्वासको कमि हुने छैन । जसले जो सुकैलाई पनि सफलताको शिखरमा पुर्याउन सक्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ