arrow

च्याम्पियन्स लिगको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन पराजित

चेल्सी हार्यो, बार्सिलोना बराबरीमा रोकियो 

logo
प्रकाशित २०७६ असोज १ बुधबार
marco-reus.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन लिभरपुल पराजित भएको छ । मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल इटालियन क्लब नापोलीसंग २–० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई हराउन मार्टिनेज र लोरेन्टीले १–१ गोल गरे ।

लिभरपुलले सन् १९९४ पछि पहिलो पटक पहिलो खेल हारेको हो । 

Napoli were awarded the penalty when Jose Callejon fell under the challenge from Liverpool left back Andrew Robertson

यो समूह ई को खेल थियो । अर्को खेलमा अष्ट्रियन क्लब साल्जबर्गले घरेलु मैदानमा बेल्जियन क्लब गेन्कलाई ६–२ गोल अन्तरले हरायो । खेलमा हालान्डले ह्याट्रिक गरेका थिए । 

समूह एचको खेलमा इंगलिश क्लब चेल्सीले पनि पराजय भोग्यो । आफ्नै मैदानमा खेलेको चेल्सीले १–० गोल अन्तरको परिणाम स्पेनिश क्लब भ्यालेन्सियालाई सुम्पियो । 

The midfielder latched on to Daniel Parejo's smart chipped free-kick to volley into the top corner from close range

उक्त समूहको खेलमा डच क्लब आयाक्सले फ्रेन्च क्लब लिललाई ३–० गोल अन्तरले हरायो । 

समूह एफको खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिश क्लब बार्सिलोनालाई बराबरीमा रोकेको छ । खेल गोलरहित बराबरीमा रोकिएको हो । 

नयाँ सिजनमा मैदानमा उत्रन नसकेका बार्सिलोना स्टार लियोनल मेस्सी यो खेलबाटै आफ्नो यात्रा अगाडि बढाए पनि उनले गोल गर्न सकेनन् । 

खेलको ५७ औं मिनेटमा मार्को रिउसले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि डर्टमण्डले घरेलु मैदानमा जित निकाल्न सकेन । 

यो समूहको अर्को खेलमा इटालियन क्लब ईन्टर मिलानले चेक क्लब स्लाभिया प्रागसँग १–१ गोलको बराबरी खेलेको छ । 

त्यस्तै समूह जी को खेलमा फ्रेन्च क्लब लियोंले रसियन क्लब जेनिथसंग १–१ गोलको बराबरी खेल्यो । त्यस्तै उक्त समूहको अर्को खेलमा पोर्चुगिच क्लब बेनिफिका जर्मन क्लब लेप्जिगसंग २–१ गोल अन्तरले पराजित भएको छ ।   

च्याम्पियन्स लिग विजेताले कति कमाउँछन् ? यस्तो छ पैसाको खेल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ