arrow

असोज १३ मा देशलाई खुला दिसामुक्त घोषणा गर्ने बहानामा जवरजस्ती घोषित भयो कपिलवस्तु 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७६ असोज १ बुधबार
kapilbastu-khula-disamukta.jpg

कपिलवस्तु । प्रदेश नं ५ मा बाँकी रहेको कपिलवस्तु जिल्लालाई  एक समारोहका साथ सदरमुकाम तौलिहवामा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।  

कपिलवस्तुको प्रमुख चुनौतीको रुपमा रहेको खुला दिसा मुक्त घोषणा गर्ने अभियानले मङ्गलबार सार्थकता पाएको छ । बिसं २०६७ सालदेखि जिल्लालाई खुला दिसामुक्त गर्ने अभियान चलाइए पनि अभियानले बल्ल  सार्थकता पाएको हो ।

लुम्बनी अञ्चलमा ६ जिल्लामध्ये ५ जिल्ला संघीयता लागु नहुँदै खुला दिसा मुुक्त भएपनि कपिलवस्तु हुन सकेको थिएन । सिंगो लुम्बिनी अञ्चललाई नै खुला दिसा मुक्त घोषणा गर्न कपिलवस्तु बाधक बनेको थियो । 

पछि संघीयता लागुसंगै बनेको प्रदेश ५ मा पनि कपिलवस्तु नै बाधक हुन पुग्यो । बुद्धभूमिका रुपमा संसारले चिन्ने कपिलवस्तु मङ्गलबार खुला दिसा मुक्त क्षेत्र भएसंगै अब छिट्टै प्रदेश नै खुला दिसा मुक्त भएको छ ।

सरकारले मुलुकलाई असोज १३ गते खुला दिसा मुक्त क्षेत्र घोषणा गर्दैछ । त्यसैको दबाबमा कपिलवस्तु खुला दिसा मुक्त भएको सरोकारवालाले टीप्पणी गर्ने गरेका छन् ।

सरकारले सन् २०१५ भित्रै मुलुकलाई नै खुला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिएको थियो तर सन् २०१९ को अन्तिम समयमा आएर सरकारले आफ्नो लक्ष्य पूरा गर्न थालेको हो । 

१० स्थानीय तह रहेको कपिलवस्तुमा सबै स्थानीय तह खुला दिसा मुक्त भएसंगै सिंगो जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समितिका संयोजक नारायण प्रसाद खनालले १० वटा पालिका दिसा मुक्त क्षेत्र घोषणा भएकोले सो आधारमा जिल्लालाई घोषणा गरिएको प्रतिवेदनमा उल्लेख गरी घोषणा गरे । 

 सभामा प्रमुख अतिथको रुपमा प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले कपिलवस्तु जिल्ला दिसा मुक्त क्षेत्र भए सगै ५ नं प्रदेश नै घोषणा भएको बताए ।

झाले जिल्ला खुला दिसा मुक्त भएसंगै अब पूर्ण सरसफाईका लागि कार्यक्रम सञ्चालन गर्न जोड दिए । मानिसका आनीबानी परिर्वतनमा सुधार नआएसम्म यसले पूर्णता पाउन नसक्ने भन्दै यतातर्फ ध्यान दिन उनले आग्रह गरे।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले जिल्ला खुला दिसामुक्त भएसंगै अब पूर्ण सरसफाई तर्फ जानुपर्ने कुरा जोडदारले उठान गरेका थिए ।

कार्यक्रममा यस अभियानमा खट्ने दर्जनौं व्यक्तिलाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्व मन्त्री दिपकुमार उपाध्याय, दानबहादुर चौधरी, प्रदेश सभा सदस्य विष्णु पन्थी, सहसराम यादव लगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ