arrow

सभामुखले भूमिका नखेल्दा प्रतिनिधि सभा बैठक अन्योलमा

logo
प्रकाशित २०७६ असोज १ बुधबार
sanghiya-samsad.png

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहमत हुने हो भने बुधबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठकले निरन्तरता पाउने छ । गत सोमबार सभामुख कृष्णबहादुर महराले बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । 

कांग्रेसले सोमबारसम्म बाँके प्रकरणलाई लिएर निरन्तर संसद अवरोध गरिरहेको थियो । बाँकेको घटनालाई लिएर कांग्रेसले खजुरा १ का वडा अध्यक्ष सुमन मल्ल बिरुद्ध जाहेरी दर्ता भएपछि बैठक संचालन भएको थियो । 

नेपाली कांग्रेससँगको सहमतिपछि चालु भएको बैठक नेकपाका सांसद नन्दलाल रोकाले आपत्ति जनाएपछि पुनः अवरोध भएको थियो।

सांसद रोकाले आफुहरु आन्दोलन गर्न समेत तयार रहेको जनाउँदै वडाअध्यक्ष मल्ललाई कारवाही गर्न नपाउने र घटना अनुसन्धान गर्न समिति बनाउन माग गरेका थिए । 

मल्ललाई कारवाही गर्न नपाउने भनेपछि कांग्रेसले रोस्टम घेरेर नारावाजी गरेको थियो। त्यसपछि अवरुद्ध बैठक फेरि चालु हुनेमा आशंका छ । 

सभामुख महराले मंगलबारको सट्टा बुधबार बैठक डाके । उनको इच्छाले यो बैठक बुधबार सारिएको बुझिएको छ । उनलाई मंगलबार कपिलवस्तुको कार्यक्रममा जानुपर्ने भएकाले उनले जानीजानी बैठक सारेको संसद स्रोत बताउँछ । 

मंगलबार बैठक नगर्नुको मतलब बुधबारदेखि बैठक चालु गर्नका लागि मंगलबार दलका नेताहरु बोलाएर समस्याको समाधान गर्नुपर्ने थियो । तर महराले कांग्रेस र नेकपाका नेतालाई बोलाएर यसको समाधानको बाटो खोजेनन् । 

कांग्रेसको जागरण सभालाई संवोधन गर्ने क्रममा बाँकेका नेताहरुलाई आक्रमण गर्ने नेकपाका कार्यकर्तालाई कार्वाही गर्नतर्फ नेकपाले पनि रुची देखाएन । यसको मतलव नेकपाको नेतृत्वले काँग्रेसको विरोधलाई दवाउन चाहन्छ । 

दिनानुदिन बैठक अवरुद्ध हुँदासमेत सभामुख रमिते बनेका छन् । यसअघि पनि रमिते बन्नुका साथै अहिलेसम्म अहम् भूमिका खेल्न नसकेका सभामुख महरा यसपटक फेरि नेकपाका नेताहरुको चंगुलमा फसेको आरोप लागेको छ । 

मुद्दा दर्ता भइसकेपछि त्यसको फैसला अदालतले गर्छ । तर नेकपाका सांसद रोकाले बोलेको कुरालाई महराले समर्थन गर्नु निकै दुर्भाग्यको विषय भएको विष्लेषण गरिएको छ । होइन भने उनले यसरी आन्दोलन गर्छौंं भनेपछि यसलार्य रोक्न सक्नुपर्दथ्यो । 

न त संसदमा सांसदहरुले धैर्य राख्न सकेका छन् न त सभामुखले प्रभावकारी भूमिका खेल्न सक्दछन् । यही अवस्थामा संसदको अवरोध जारी रहनेमा आशंका छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ