arrow

रानु मण्डलपछि कुमार सानुको 'नजर के सामने' गाउने चालक चर्चामा

logo
प्रकाशित २०७६ असोज १ बुधबार
ranu-driver.jpg

काठमाडौं । सामाजिक सञ्जालले कुन बेला कसको भाग्य चम्काउने हो त्यो भन्न सक्ने अवस्था छैन। आजकल सामाजिक सञ्जालमा कुन व्यक्ति कति बेला कति कारणले भाइल हुन्छ भन्न सकिदैन। यसको एक उदाहरण 'रानु मण्डल' हुन्।

स्टेशनमा रातारात लता मंगेशकरको गीत गाउँदै सोशल मीडियामा उनि स्टार बनिसकेकि छन्। केहि समयअघि सडक र स्टेशनमा गाउने ५९  बर्षेय रानु मण्डलको जीवन रातारात परिवर्तन भएको छ। पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा, रानु मण्डल लता मंगेशकरको गीत 'एक प्यार का नगमा हे' गाउँदै थिइन् , त्यहाँ गीत सुनिरहेका अतिन्द्र चक्रवर्तीले एक भिडियो बनाएर फेसबुकमा शेयर गरे। तीनै रानु आज चर्चाको शिखरमा छिन् ।

 यस्तै एक गायक सोशल मीडियामा भाइरल भइरहेका छन्। भिडियोमा, एक उबर ड्राइभरले  कुमार सानुको गीत गाउँदैछन् । चालकले ९० को दशक फिल्म आशिकीको 'नजर के सामने' गीत गाउँदैछन्।

सोशल मीडियामा भिडियो शेयर गर्ने व्यक्तिले लेखेका छन्,' मैले लखनऊमा उबेर चालक विनोद जीलाई भेटे, उनी एक उत्कृष्ट गायक हुन्। मैले उनलाई सवारी पछाडि मेरो लागि गीत गाउन भने । कृपया यी भिडियोहरू हेर्नुहोस् र उनीको मुल्याङ्कन गर्नुहोस।' क्याप्शनमा उनीसँग आफ्नै युट्युब च्यानल पनि छ लेखेका छन् ।

यस भिडियोले धेरै मानिसहरुको ध्यान खिचेको छ। धेरै मानिसहरूले उसलाई भविष्यको लागि शुभकामनाहरू दिएका छन्, त्यस्तै, धेरै मानिसहरूले उनको फोन नम्बरको लागि सोधिरहेका छन्। साथै प्रयोगकर्ताले ट्विटरमा प्रतिक्रिया दिएका छन्।

रातारात इन्टरनेटमा चर्चीत बनेकी रानु मण्डलको जीवन अहिले पूर्ण रूपले परिवर्तन भएको छ। रेलवे स्टेशनमा अतिन्द्र चक्रवर्तीले बनाएको दुई मिनेटको भिडियोले उनलाई धेरै लोकप्रियता दिएको थियो । लता मंगेशकरको गीत 'एक प्यार का नगमा हे' गाएर चर्चित बनेकी रानु मण्डलको आफ्नै गीत रिलिज भइसकेको छ । हालै उनले हिमेश रेशमियासँग गाएको गीत 'तेरी मेरी कहानी' सार्वजनीक भएको छ । रानु मण्डल लता मंगेशकरको ठूलो फ्यान हुन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ