arrow

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

logo
प्रकाशित २०७६ असोज १ बुधबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पुर्‍याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले देशमा ठूलाठूला भ्रष्टाचार काण्डलाई संसद्ले छानबिन गर्न सक्ने बताउँदै कार्यपालिका र न्यायपालिकाले न्याय दिन उदासिन भएको अवस्थामा अव संसदमाथि आशा र भरोसा गर्नुपर्नेमा जोड दिए।

उक्त प्रकरण ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै उनले उक्त काण्डमा रु ४० अर्बको कर छली भएकाले त्यसको निराकरण गर्न सके देशमा लागेका भ्रष्टाचारका सबै धमिरा अन्त्य हुने विश्वास व्यक्त गरे। राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गएको बताउँदै  उनले ती भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, सङ्घर्ष र आन्दोलनको रुपमा समेत लैजाने बताए ।

ठूला प्रशासक, ठूला व्यापारी र प्रमुख राजनीतिक दलको संरक्षणमा भएको उक्त प्रकरणमा सर्वोच्च अदालत समेतले त्रुटिपूर्ण फैसला गरी न्याय मारेको उनले आरोप लगाए। दसैँपछि देशभर सङ्गठन सुदृढीकरणका साथै वाइडबडी, बालुवाटार जग्गा प्रकरणलगायत विषयमा भएका भ्रष्टाचार विरुद्ध सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ