arrow

टम ह्याङ्क्सलाई विर्साउन चहान्छन् आमिर, घटाउदै २० किलो वजन

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
aamir-forrest-gump.jpg

काठमाडौं । बलिउड अभिनेता आमिर खान आफ्नो आगामी फिल्म 'लालसिंह चड्ढा' को सुटिङ अघि नै प्रचारमा जुटेका छन् ।   हिन्दी सिनेमाको सबैभन्दा ठूलो मार्केटिंग गुरु मानिने आमिरले  घर-घरमा प्रचार प्रसार गर्न सम्पूर्ण भारतमा घुम्ने निर्णय गरेका छन् । आमिर हालसालै पंजाबको भारत-पाकिस्तान सीमाको जङ्गलमा देखिएका थिए र छिट्टै भारतका गाउँगाउँ, नदी र हिमालमा पुग्नेछन् ।

आमिर खान प्रोडक्शन्सका अनुसार आमिर आफ्नो आगामी फिल्मको लागि देशभर एक सय विभिन्न स्थानमा सुटिङ गर्नेछन्। लाल सिंह चड्ढा फिल्ममा आमिरले जीवनको भित्री यात्रा देखाउनुपर्छ र यसका लागि उनले हरेक पटक बिभिन्न ठाउँहरूमा जान आवश्यक रहेको छ।

आमिरले आफ्नो टीमलाई भारतमा १०० स्थानहरू खोज्न आग्रह गरेका छन् , जहाँ उनीले सुटिङ गर्नेछन् । सुटिङ दिल्ली, गुजरात, मुम्बई, कोलकाता, बेंगलुरु, हैदराबाद र भारतका अन्य राज्यहरूमा धेरै स्थानहरूमा हुनेछ। यस समयमा धेरै त्यस्ता राज्यहरू र स्थानहरू हुनेछन् जहाँ आमिर पहिलो पटक सुटिङ गर्नेछन् ।

फिल्म 'लाल सिंह चड्ढा' मा आमिरको भूमिका एक यस्तो बालकको हो जसलाई बाल्यकालदेखि विशेष सहयोग चाहिन्छ। तर सो बालक कसरी आफ्नो कठिनाइमाथि विजय हासिल गरेर देशको स्टार बन्दछ, यही फिल्म 'लाल सिंह चड्ढा' को कथा हो।

 १०० स्थानमा फिल्मको शुटिंग गरिने यो नै बलिउडको पहिलो फिल्म हुनेछ ।  ठग्‍स अफ हिन्दुसोस्तानबाट असफल भएका आमिर यसलाई सबल रुपमा देखाउन चाहान्छन्। त्यसैले अर्को केही महिनासम्म उनि स्थलहरू छान्नमा व्यस्त हुनेछन्। बर्षको अन्त्यसम्ममा 'लालसिंह चड्ढा' फिल्मको शुटिंग सुरु गर्न तयारी भइरहेको छ।

फिल्म 'लाल सिंह चड्ढा' १९९४ मा रिलिज भएको हलिउड फिल्म फोरेस्ट गम्पको रिमेक हो, जसमा हलिउडका चर्चित अभिनेता टम ह्याङ्क्सले अभिनय गरेका थिए ।

फिल्म सीक्रेट सुपरस्टार निर्देशक अद्वैत चन्दनले निर्देशन गर्दैछन् भने  'लाल सिंह चड्ढा' को कथा अतुल कुलकर्णीले लेखेका हुन्। फिल्मका मुख्य पात्र लालसिंह चड्ढाका लागि आमिरले आफ्नो  करिब २० किलोग्राम वजन घटाउने छन् ।  र उनी फिल्मको भागका लागि पगरीमा पनि देखिने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ