arrow

तरुण दलका कार्यकर्तामाथि आक्रमण गर्ने दुई गुण्डा पक्राउ

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
tarun-dal-aakraman1.jpg

बाँके। नेपालगन्जमा तरुण दल कार्यकर्ता माथी खुकुरी प्रहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।आक्रमणकारी बिनोद खड्का र दिपक थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिव सिंहको नेतृत्वको टोलीले खजुरा खुर्दबाट बिहिवार ६ बजे पक्राउ गरेको हो।

पक्राउ गरिएका दुबै जनासँग बयान लिने कार्य भइरहेको र उनिहरु बिरुद्ध मुद्दा दर्ता हुने डिएसपी सिंहले बताए। उनका अनुसार अब मुद्दा प्रक्रिया पीडित पक्षले दिएको किटानी जाहेरी अनुसार प्रहरीले दर्ता भएको छ।

खुकुरी आक्रमणबाट घमण्ड खड्काको अवस्था अति गम्भीर रहेको छ भने उनको लखनउमा उपचार भइरहेको छ। अर्का घाइते अमर रोकायको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको आईसियु कक्षमा राखेर उपचार हुँदैछ। 

गए राती साँढे दश बजे नेपालगन्जको धम्बोझी चोकमा नेपाल तरुण दल नेपालगन्जका अध्यक्ष सन्दिपजङ्ग शाहमाथी आक्रमण हुँदै गर्दा आफ्ना साथीलाई बचाउने क्रममा तरुण दलका अमर रोकाया र घमण्ड खड्कालाई बिनोद खड्का र दिपक थापा लगायतका ब्यक्तिहरुले खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थिए।  

नेपाल तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र शाहले आक्रमण गर्ने गुण्डाहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेका छन् । दुबै घाइते तरुण दल दाङका कार्यकर्ता हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ